फागुन १५,काठमाडौं ।अमेरिकी सहयोग परियोजना एमसिसी विरुद्ध सडकमा आएको माओवादी निकट विभिन्न संगठनले नेतृत्वले आफूहरूलाई धोका दिएको बताएका छन्। आइतबार बानेश्वरमा भेटिएका नेता तथा कार्यकर्ताले आफूहरू सडकमा हाजिर लगाउन मात्र न आएको बताएका हुन्। नेतृत्वले एमसिसीलाई व्याख्यात्मक टिप्पणीका साथ पास गर्ने निर्णय गरेसँगै कार्यकर्तामा निराशा थपिएको छ। ‘एमसिसी राष्ट्रघाती छ। हामी यसको विरोधमा छौँ’ आन्दोलनमा आएका कार्यकर्ताहरूले एक स्वरमा...
फागुन १५,तनहुँ । जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन्। आइतवार जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो।प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिए। १७ वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए। पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। शाहले आइतवार...
फागुन १५,काठमाडौं : सरकारको पूर्ण स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ। इक्रा नेपाल लिमिटेडले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ। डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ। डबल ए प्लस रेटिङ पाउने...
फागुन १३,काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसिसी ल्याउनेहरू हिँड्दा ताली बजाउने तर आफूलाई ढुंगा हानेको बताएका छन्। पोखरामा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्। ‘आफू प्रधानमन्त्री हुँदा एमसिसी चाहियो भनेर चिठी लेख्ने झलनाथ खनाल बाटोबाट हिँड्दा ताली बजाउने, बाबुराम भट्टराईले एमसिसी अगाडि बढाउनुपर्छ भन्दा ढुंगा नहान्ने, कांग्रेस एमसिसी पास गर्नुपर्छ भन्छ, कांग्रेसका...
फागुन १३,लण्डन : स्नेहा शाक्य श्रेष्ठ बेलायतको पहिलो नेपाली मूलकी महिला अधिवक्ता (ब्यारिष्टर) बनेकी छन्। अन्तिम तालिम सकिएसँगै गत हप्तादेखि उनी बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत अधिवक्ताको रुपमा सूचीकृत भएकी हुन्।सिन्धुपाल्चोक चौतारा स्थायी घर भएकी स्नेहा ७ वर्षको उमेरमा बेलायत आएकी थिइन्। उनले युनिभर्सिटी अफ इसेक्सबाट कानुनमा स्नातक तथा किँग्स कलेज लण्डनबाट कानुनमै स्नातकोत्तर गरेकी हुन्।बेलायतमा कानुन व्यवसायीलाई...
काठमाडौं : नेकपा (एमाले)ले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो। आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी...
फागुन १२,काठमाडौं : नेपाल–भारत विद्युत् आदानप्रदान सहजीकरण गर्ने उद्देश्यले आज दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेसीसी) को बैठक बस्दैछ।बुधबार सम्पन्न सहसचिव स्तरीय संयुक्त कार्यदलले तय गरेका एजेन्डालाई अनुमोदन गर्ने गरी यो बैठक बस्न लागेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटाैतले जानकारी दिए। बैठक होटल हायातमा बिहान १० बजे सुरु हुने छ। सचिवस्तरीय बैठकमा...
फागुन १२,काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ।
आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएर टायर समेत बालेका छन्।प्रहरीले आन्दोलनलाई नियन्त्रण लिन अश्रुग्यास र लाठी हानेको छ। प्रदर्शनकारीहरूले पनि प्रहरीलाई ढुंगा,पानीकाे बाेतलले हानेका छन्। संसद स्थगित हुँदा पनि बानेश्वर क्षेत्रमा अझै...
फागुन १२,काठमाडौं : अमेरिकी सहयोग परियोजना एमसिसीको विरोधमा नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सरकारले फागुन ८ गते संसदमा पेश गरेर एमसिसीमाथि छलफल सुरु गर्न लागेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो। एमसिसीविरुद्धको आन्दोलनले तीनकुनेदेखि माइतिघरसम्मको सडक पूर्ण रुपमा प्रभावित बनेको छ। राष्ट्रिय मानव अधिकार आयोगले नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शन गर्न पाउने मानव अधिकारको सम्मान गर्न र विरोध प्रदर्शनलाई संयमित...
फागुन १२,काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता प्रतिनिधिसभामा छलफल प्रारम्भ हुन लागेकाले सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए। छलफलमा प्रधानमन्त्रीले एमसिसी सम्झौता पारित गर्न सहयोग गर्न अध्यक्ष दाहाललाई आग्रह गरेका प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी...










