Friday, October 23, 2026
Home राजनीति प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ

प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ

37

फागुन १५,

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पास गर्ने सरकारी तयारीले प्रतिनिधिसभाको बैठक केही ढिलो गरी सुरु हुने भएको छ। आइतवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक राजनीतिक दलहरू आन्तरिक छलफलमा रहेकाले केही ढिला गरी सुरु हुने सभामुख सचिवालयले जनाएको छ। एमसिसीबारे नेकपा (माओवादी केन्द्र)को संसदीय दल र नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक केही बेरमै सुरु हुँदैछ। एमसिसी व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने गठबन्धनमा सहमति जुटे पनि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने संसद अवरोध कायमै राख्ने भएको छ।