Friday, October 16, 2026
Home अर्थ सुनको मूल्य प्रतितोला १४ सय घट्यो

सुनको मूल्य प्रतितोला १४ सय घट्यो

103

फागुन १५,

काठमाडौं : नेपाली सुनचाँदी बजारमा आज सुन र चाँदीको को मूल्य घटेको छ। सुन प्रतितोला एक हजार ४०० र चाँदी ४० रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रूपैयाँ तोकिएको छ। गत शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै‚ आइतवारका लागि तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० तोकिएको छ। शुक्रवार ९७ हजार ५०० रूपैयाँमा कारोबार भएको थियो। ​त्यस्तै‚ आज चाँदीको प्रतितोला मूल्य एक हजार २९५ तोकिएको छ। शुक्रवार १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।