यी सांसदले एमसिसीको विपक्षमा मतदान गर्ने

62

फागुन १५,

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसहित सत्तारुढ दलका केही सांसदहरूले एमसिसीमाथिको मतदान वहिस्कार गर्ने भएका छन्। नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीका केही सांसदले एमसिसीको विपक्षमा मतदान गर्ने जनाएका हुन्। माओवादीका सांसद गिरिराजमणि पोखरेल र अञ्जना बिशंखेले एमसिसीको विपक्षमा भोट हाल्ने बताए। सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने निर्णय गरेको छ भने मन्त्रिपरिषद् बैठकले एमसिसीको व्याख्यात्मक प्रस्ताव पारित गरेको छ।सैद्धान्तिक छलफलमा भाग लिएर सांसदहरुलाई एमसिसी अनुमोदनको विपक्षमा उभिन आग्रह गरेका पूर्व प्रधानमन्त्री खनालले व्याख्यात्मक टिप्पणीको कुनै कानुनी र अन्तरराष्ट्रिय मान्यता नहुने भन्दै मतदान बहिस्कार गर्ने बताए। उनको दलबाट एमसिसीकाे विपक्षमा मतदान गर्ने अरु सांसद्को भने नाम खुलिसकेको छैन।