Sunday, September 27, 2026
Home समाज सम्पदाको संरक्षण गर्दै आएका छौँ : प्रमुख शाक्य

सम्पदाको संरक्षण गर्दै आएका छौँ : प्रमुख शाक्य

146

फागुन १५,

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चुनावी घोषणापत्रमा समावेश गरेअनुसार नै महानगरभित्रका मूत तथा अमूर्त सम्पदाको संरक्षण गर्दै आएको दाबी गरेका छन्। आइतवार महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको भवनको उद्घाटन गर्दै उनले चुनावी घोषणापत्रअनुसार नै महानगर क्षेत्रभित्रका मूत तथा अमूर्त सम्पदाको संरक्षण गर्ने प्रतिवद्धता पूरा गर्दै आएका बताए।

‘चुनावी घोषणापत्रमा समावेश गरेअनुसार नै महानगर क्षेत्रभित्रका मूत तथा अमूर्त सम्पदाको संरक्षण गर्ने प्रतिवद्धता पूरा गर्दै आएका छौँ,’ उनले भने‚ ‘हामीले सुरुदेखि नै महानगरपालिका क्षेत्रभित्र रहेका सम्पूर्ण मूत–अमूर्त सम्पदाको संरक्षण गर्ने अभियान चलाउँदै आयौँ।’प्रमुख शाक्यले महानगरपालिका क्षेत्रभित्रको धर्म, संस्कृति, परम्परा बचाउने दायित्व राज्यसँगै महानगरपालिकाको पनि भएको भन्दै त्यो काम गरिरहेको बताए। बुद्ध जन्मिएको देशमा बुद्धको ज्ञान र सन्देशको प्रवर्धन गर्नुपर्छ भन्ने हेतुले महानगरपालिकाले त्यसका लागि सहयोग गर्दै आएको पनि उनको भनाइ छ।