काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन्। निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नुपर्ने बताएका हुन्। राज्यको ३० प्रतिशत व्ययभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार...
फागुन २२,काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोगमाथि छलफल सुरु हुने भएको छ। महाभियोगमाथि छलफलको लागि महाभियोग सिफारिस समिति गठन गर्ने तयारी गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति बनाउन दलहरु सहमत भएका हुन्। समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रतिनिधि पठाउने भएको छ। ११ सदस्यीय हुने सिफारिस...
फागुन २२,काठमाडौं : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। फागुन २९ गते आइतबार बस्नेगरी बैठक स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए। आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोगमा सिफारिस समिति गठन गरेको छ। सभामुखले बैठक अगाडि बढाउदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नाराबाजी गरिरहेका कारण बीचैमा बैठक स्थगित भएको हो ।एमालेले आफूबाट अलग भएर ने क पा...
फागुन २२,
काठमाडौं : नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेको छन्। बलात्कार आरोपमा पक्राउ परेपछि सांसद बानियाँ निलम्बनमा परेका हुन्। आइतबारको संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले बानियाँ निलम्बनमा नेपालको संविधानअनुसार निलम्बनमा परेको जानकारी गराए बलात्कारको आरोपमा पक्राउ परेको बानियाँलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। सांसद बानियाँले अन्य कारोबारमा आफ्नो कुरा नमिलेका कारण...
फागुन २१,काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले दुई तिहाइ नजिकको शक्ति हुँदा समेत केपी शर्मा ओलीले एमसिसी संसद्बाट अगाडि बढाउन नसकेको आरोप लगाएका छन्। कांग्रेसनिकट निजामती कर्मचारी युनियनको आठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘निर्वाचन मुखमा छ। देशलाई समृद्धिको बाटोमा लैजान कांग्रेसले एक पटक होइन तीनपटक विजयी हुनेगरी जानुपर्छ। त्यो दल पनि कांग्रेस नै हो।’ हालसम्म जति...
फागुन २१,
काठमाडाैं : नेपाली फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ। परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्मित फिल्म भाद्र ३ गते प्रदर्शनमा आउने भएको हो। तेज गिरी र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो। तेजले प्रेमगञ्जबाटै फिल्ममा डेब्यू गर्न लागेका हुन्। तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त,...
फागुन २१,काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल निजामती कर्मचारी युनियन, केन्द्रीय कार्य समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले कर्मचारी समायोजनको क्रममा देखिएको समस्या समाधान गर्न पनि सरकार प्रयत्नशील रहेको बताए। उनले जनतामा सहज ढंगले सेवा प्रवाहको काम गर्न पनि कर्मचारीहरुलाई निर्देशन दिए। प्रधानमन्त्री...
फागुन २१,काठमाडौं : राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ ग्रहण आज हुँदैछ। शनिवार बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको कार्यकक्ष, सिंहदरबारमा शपथ ग्रहण कार्यक्रम हुने संघीय संसद् सचिवालयले जनाएको छ। गत माघ १२ गते सम्पन्न निर्वाचनबाट नेपाली कांगेसका ६, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का पाँच/पाँच तथा नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक...
फागुन २०,काठमाडौं : नेपाल प्रहरीको साइबर ब्यूरोले जथाभाबी क्याप्सन र शीर्षक लेखेर सामाजिक सञ्जालमा भिडियो तथा तस्बिर अपलोड गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्य भइरहको र त्यसलाई समेत बिथोल्ने गरी भ्रामक र झुठा क्याप्सन राखी भिडियो तथा तस्बिर युट्युब र टिकटकमा अपलोड भएकोप्रति आफ्नो...
फागुन २०,काठमाडौं : अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोप लागेपछि भइरहेका प्रचारबाजी तथा प्रदर्शनमा राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ। शुक्रबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै आयोगले अनुसन्धान प्रक्रियामा संयमित भई सघाउन आग्रह गरेको हो। प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा विभिन्न सञ्चार माध्यम तथा समाजिक सञ्जालहरुमा आरोपका पक्ष र विपक्षमा भइरहेका प्रचारबाजी, प्रदर्शन तथा सार्वजनिक अभिव्यक्ति प्रति आफूहरूको ध्यानाकर्षण भएको...









