Friday, October 2, 2026
Home मनोरन्जन भाद्र ३ देखि ‘प्रेमगञ्ज’ प्रदर्शन हुने

भाद्र ३ देखि ‘प्रेमगञ्ज’ प्रदर्शन हुने

111

फागुन २१,
काठमाडाैं : नेपाली फिल्म ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय गरिएको छ। परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्मित फिल्म भाद्र ३ गते प्रदर्शनमा आउने भएको हो। तेज गिरी र बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो। तेजले प्रेमगञ्जबाटै फिल्ममा डेब्यू गर्न लागेका हुन्। तेज र बेनिशाबाहेक फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्कालगायत कलाकारको अभिनय रहेको छ। सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन्। फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।स्पट ब्वाईका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो। यसअघि भ्यालेन्टाइन्स डेको दिन पारेर निर्माण टिमले फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको थियो।