फागुन २७,कञ्चनपुर : पुनर्वास नगरपालिकास्थित प्यारातालमा नेपाली झण्डासहितको डुंगा सञ्चालनमा आएको छ। झण्डै दुई दशकदेखि नै भारतले कब्जा गर्न खोजेको प्यारातालमा नेपाली युवाले डुंगा सञ्चालन गरेका हुन्। बुधबार उनीहरुले तालमा आफ्नै लगानीमा काठको डुंगा निर्माण गरी नेपालको झण्डा फहराउँदै सञ्चालनमा ल्याएका थिए। पुनर्वास नगरपालिका ५ का राम रोकाया, पुनर्वास ८ का ज्ञानसिंह हमाल, लक्ष्मण भुसाल र पुनर्वास ९...
फागुन २६,काठमाडौं : राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नयाँ सूचना जारी गरेको छ। आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने प्रयोजनका लागि स्थानीय तहबाट जग्गा वितरणका लागि बिहीबार सूचना जारी गरेको हो।सूचनामा तोकिएको ढाँचा बमोजिम निवेदन फाराम भरी ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा...
फागुन २६,काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागी भएका दलसँग समन्वय गरी स्थानीय तहको निर्वाचनमा सहभागी हुने बताएका छन्। नेपाली कांग्रेस पर्साले वीरगञ्जमा आयोजना गरेको जिल्ला कार्यसमितिमा निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै देउवाले गठबन्धनसँग मिलेर निर्वाचनमा सहभागी भए स्थानीय, प्रदेश र संघमा विजय हासिल गर्ने सम्भावना प्रबल बताएका हुन्। उनले भने, ‘गठबन्धनमा चुनाव लड्ने विषयमा...
भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन)को केन्द्रीय सहकोषाध्यक्ष र केन्द्रीय सदस्यमा भक्तपुरका विक्रम ढुकुछु र गोविन्द बहादुर (जिबि) खड्का सर्वसम्मत निर्वाचित भएका छन् । ढुकुछु चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङको साइनिङ स्कुलका सञ्चालक हुन् भने खड्का चाँगुनारायण नपा वडा नं. ६ नगरकोटफेदीस्थित क्वालिटी सेकेण्डरी स्कुलका संस्थापक प्रिन्सिपल हुन् । नेपालगञ्जमा फागुन २२ र २३...
भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिकाले पहिलो पटक नागरिकको सेवा प्रवाहकोलागि डिजिटल सेवा प्रवाहको प्रणालीको शुभारम्भ गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच नरगरप्रमुख सोमप्रसाद मिश्रले उक्त कार्यको शुभारम्भ गरेका हुन् । नगर प्रमुख मिश्रले अब छिट्टै नगरबासीले सामान्य सफारिस र सेवाको लागि नगरपालिका वा वडा कार्यालयमा लाइन बसेर सेवा लिनु पर्ने बाध्यताको अन्त्य हुने दाबी गरे । एकद्धार डिजिटल सेवा...
भक्तपुर । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सूर्यविनायकले महिला सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न गरेको छ । दिवसको अवसर पारेर मंगलबार नगर अस्पताल जगातीमा पाठेघरको मुखको क्यान्सर भी आई ए निःशुल्क जाँच गरिएको हो । एक दिने बृहत महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न भएको हो । निःशुल्क पाठेघर मुखको क्यान्सर भी आई ए निःशुल्क १ सय २४ जना महिलाको जाँच...
फागुन २४,
भक्तपुर । भक्तपुर नगरपालिका वडा न. १० कमलविनायमा रहेको जय सन्तोषी माँ ऋण तथा बचत सहकारीको आयोजना निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर मंगलबार संस्थाको कार्यालयमा एक दिने बृहत महिला लक्षित स्वास्थ्य शिविर सम्पन्न भएको हो । निःशुल्क पाठेघर र आखाँको परिक्षण गरिएको थियो । शिविरको लागि मेडिल्याण्ड फार्मेसी एण्ड क्लिनिक र...
काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्ष जनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्प गर्नुपर्ने बताएका छन्। निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्ष जनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नुपर्ने बताएका हुन्। राज्यको ३० प्रतिशत व्ययभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार...
फागुन २२,काठमाडौं : प्रतिनिधिसभाको आइतबारको बैठकबाट प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोगमाथि छलफल सुरु हुने भएको छ। महाभियोगमाथि छलफलको लागि महाभियोग सिफारिस समिति गठन गर्ने तयारी गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा महाभियोग सिफारिस समिति बनाउन दलहरु सहमत भएका हुन्। समितिमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रतिनिधि पठाउने भएको छ। ११ सदस्यीय हुने सिफारिस...
फागुन २२,काठमाडौं : प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। फागुन २९ गते आइतबार बस्नेगरी बैठक स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले बताए। आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विरुद्धको महाभियोगमा सिफारिस समिति गठन गरेको छ। सभामुखले बैठक अगाडि बढाउदै गर्दा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नाराबाजी गरिरहेका कारण बीचैमा बैठक स्थगित भएको हो ।एमालेले आफूबाट अलग भएर ने क पा...










