Tuesday, September 22, 2026
Home समाज भ्रामक क्याप्सन र भिडियो सार्वजनिक गर्नेलाई कारबाही

भ्रामक क्याप्सन र भिडियो सार्वजनिक गर्नेलाई कारबाही

163

फागुन २०,

काठमाडौं : नेपाल प्रहरीको साइबर ब्यूरोले जथाभाबी क्याप्सन र शीर्षक लेखेर सामाजिक सञ्जालमा भिडियो तथा तस्बिर अपलोड गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रयोगकर्तालाई गम्भीर प्रकृतिका अपराधको अनुसन्धान कार्य भइरहको र त्यसलाई समेत बिथोल्ने गरी भ्रामक र झुठा क्याप्सन राखी भिडियो तथा तस्बिर युट्युब र टिकटकमा अपलोड भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।’यस्ता खाले भिडियो सामग्रीले समाजमा अफवाह फैलाउने, भ्रम सिर्जना गर्ने, व्यक्तिको गोपनियता हनन गर्ने, पीडितको मानसिक स्वास्थ्यमा असर पर्ने जस्ता नकरात्मक असर पर्छ’, जारी विज्ञप्तिमा भनिएको छ।यदि जथाभावि प्रयोग गरेको पाइएमा गरेमा विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार कारबाही हुने ब्यूरोले जनाएको छ।