Thursday, July 16, 2026
Home Blog Page 956
भक्तपुर । भक्तपुर कमलविनायकबाट एक जना महिला सम्पर्क विहिन भएकी छिन् । सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा न. २, घर भइ हालः भक्तपुर नगरपालिका वडा न. १० कमलविनायक, भत्केकोपाटी बस्ने ४८ वर्षकी विद्यादेबि बराल सम्पर्क विहिन भएकी हुन् । उनका छोरो प्रविण बरालका अनुसार मंलगबार बिहान ६ः३० बजेदेखिबाट विद्यादेबि परिवारको सम्पर्कमा छैनन् । प्रहरीमा खोजी गरिदिन भन्दै परिवारले आज...
भक्तपुर । नेकपा एमाले भक्तपुरले बैशाख ३० गते हुने निर्वाचनमा केन्द्रित रहेर निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बुधवार शंखधर पार्टी प्यालेस थिमिमा बसेको जिल्ला कमिटीको पूर्ण बैठकले अध्यक्ष बचन देउजाको नेतृत्वमा उक्त कमिटी बनाएको हो । स्थानीय निर्वाचनका लागि अध्यक्ष देउजा संयोजक रहने गरि ३०१ सदस्यीय जिल्ला निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभागका प्रमुख...
बैशाख ७,काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका हुन्। भ्रष्टाचारमुक्त स्थानीय तह, जनतालाई निष्पक्ष र छिटो छरितो सेवा दिने, चुनाव जितेको ६ महिनाभित्र विपन्न परिवारको पहिचान गर्ने र ६ महिनाभित्र...
बैशाख ७,काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)ले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। स्थानीय तह, संघीय शासन प्रणालीको प्राथमिक र महत्त्वपूर्ण आधार भएकाले संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सबल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह अपरिहार्य भएको घोषणापत्रमा उल्लेख गरेको छ।घोषणापत्रमा भनिएको छ, ‘वडा र पालिका कार्यालयहरूलाई सेवाग्राही मैत्री बनाइनेछ...
बैशाख ७,श्रीलंकाको मध्य भागमा पर्ने रामबुक्कानामा बुधबार कर्फ्यु लगाइएको छ। सरकार विरोधी आन्दोलनका क्रममा मंगलबार एक व्यक्तिको मृत्यु भएपछि त्यसको भोलिपल्ट कर्फ्यु लगाइएको हो। आन्दोलन थप चर्किने देखिएकाले सरकारले शान्ति सुरक्षा कायम गर्न भन्दै कर्फ्यु लगाउनु परेको जनाएको छ। घटनाका बारेमा निष्पक्ष छानविन गरी सत्य तथ्य पत्ता लगाइ दोषीलाई कारबाही गरिने सरकारी अधिकारीहरूले प्रतिबद्धता जनाएका छन्।आर्थिक सङ्कटका कारण...
बैशाख ७,पाकिस्तानको डाडु जिल्लामा भएको आगलागीमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ। मोहम्मद डार्यानी चान्डीओ गाउँमा भएको आगलागीमा परी अरु २० जना घाइते भएका अधिकारीहरूले जानकारी दिएका छन्। आगलागीबाट ५० घरमा क्षति भएको छ। घाइते भएकाहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। ती मध्ये केहीको अवस्था गम्भीर रहेको चिकित्सकहरूले जनाएका छन्। घरको भान्साबाट सल्किएको आगो हुरीका कारण फैलिएपछि गाउँ...
बैशाख ७,काठमाडौं : गत वर्ष (सन् २०२१) को तुलनामा यस वर्ष पर्वतारोहण गर्नेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पछिल्लो एक हप्तामा थप १ सय ११ जनाले हिमाल आरोहणको अनुमति लिएको पर्यटन विभागले जनाएको छ। विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार यसवर्ष हालसम्म ८०० जनाले पर्वतारोहरणको अनुमति लिइसकेका छन्। गत वर्ष वसन्त याममा ७ सय ४२ जनाले अनुमति लिएका थिए।...
बैशाख ७,काठमाडौं : चर्चित लेखक तथा फिल्म निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको पहिलोपटक सहकार्य हुने भएको छ। नयाँ फिल्म 'डंकी'मा हिरानी र शाहरुखले सहकार्य गर्न लागेका हुन्। मंगलबार फिल्मको घोषणासँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ। शाहरुख र हिरानी दुवैले रोचक भिडियो सामग्री बनाउँदै फिल्मको बारेमा जानकारी दिएका हुन्। यसै वर्षदेखि छायांकन गर्ने तयारीमा रहेको फिल्म...
बैशाख ७,काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले ‘स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र’ सार्वजनिक गर्न लागेको प्रवक्ता मोहन श्रेष्ठले बताए। दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक लागेको उनले बताए। यसअघि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)र राष्ट्रिय...
बैशाख ७, काठमाडौं : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्। सर्वोच्च अदालतले मंगलबार अल्पकालीन अन्तरिम आदेश दिएसँगै अधिकारी बुधबारदेखि काममा फर्किएका हुन्। गभर्नर अधिकारीले बुधबार राष्ट्रबैंकमा फर्किएपछि आफूले आगामी दिनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले संस्थागत रूपमा सल्लाह गर्दै अगाडि बढ्ने उनले बताए। 'मबाट व्यावसायिक ढंगले काम गर्ने र पूर्वाग्रह राख्ने कुरा हुँदैन। राष्ट्र बैंक सरकारको आर्थिक...