कमलबिनायकबाट महिला सम्पर्क विहिन

584

भक्तपुर । भक्तपुर कमलविनायकबाट एक जना महिला सम्पर्क विहिन भएकी छिन् । सिन्धुली जिल्ला दुधौली नगरपालिका वडा न. २, घर भइ हालः भक्तपुर नगरपालिका वडा न. १० कमलविनायक, भत्केकोपाटी बस्ने ४८ वर्षकी विद्यादेबि बराल सम्पर्क विहिन भएकी हुन् । उनका छोरो प्रविण बरालका अनुसार मंलगबार बिहान ६ः३० बजेदेखिबाट विद्यादेबि परिवारको सम्पर्कमा छैनन् । प्रहरीमा खोजी गरिदिन भन्दै परिवारले आज बुधबार निवेदन दिएको छ । उनका छोरा प्रविणले कसैले देखेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गरिदिन समेत आग्रह गरेका छन् ।