Sunday, September 27, 2026
Home Uncategorized गभर्नर अधिकारी काममा फर्किएपछि भने, ‘राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार हो’

गभर्नर अधिकारी काममा फर्किएपछि भने, ‘राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार हो’

162

बैशाख ७,
काठमाडौं : नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्। सर्वोच्च अदालतले मंगलबार अल्पकालीन अन्तरिम आदेश दिएसँगै अधिकारी बुधबारदेखि काममा फर्किएका हुन्। गभर्नर अधिकारीले बुधबार राष्ट्रबैंकमा फर्किएपछि आफूले आगामी दिनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले संस्थागत रूपमा सल्लाह गर्दै अगाडि बढ्ने उनले बताए। ‘मबाट व्यावसायिक ढंगले काम गर्ने र पूर्वाग्रह राख्ने कुरा हुँदैन। राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार हो। म त्यसैअनुरूप नै अगाडि बढ्छु’, उनले भने।

गत २४ चैतमा मन्त्रिपरिषद्‌को बैठकले गभर्नर अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। त्यसपछि गभर्नर अधिकारीले आफूलाई गैरकानुनी, बदनियतपूर्ण र पूर्वाग्रही रूपमा जाँचबुझ समिति गठन गरी निलम्बन गरिएको भन्दै त्यसको खारेजी माग गरी सर्वोच्चमा रिट दायर गरेका थिए।मंगलबार सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।