Thursday, July 16, 2026
Home Blog Page 957
बैशाख ७काठमाडौ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज विभिन्न क्षेत्रका युवाहरूसँग अन्तरक्रिया गर्दैछन्। गोदावरीको सनराईज हलमा मध्यान्ह १२ बजे ओलीले पेशागत क्षेत्रका युवाहरूसँग देशको समसामयिक परिस्थिती, समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न निर्वाह गर्नुपर्ने भूमिकाको विषयमा अन्तरक्रिया गर्न लागेको उनको सचिवालयले जनाएको छ। अन्तरक्रियामा करिब १२ सय युवाको सहभागिता रहने छ।अध्यक्ष ओलीको आयोजनामा हुन लागेको...
बैशाख ७, काठमाडौं । नेकपा एमालेबाट निर्वाचित तत्कालिन प्रदेश सभा सांसद हरिशरण लामिछानेको निधनपछि भक्तपुर जिल्ला क्षेत्र नं. १ प्रदेश (क) मा २०७६ सालको मंसिर १४ गते उपनिर्वाचन सम्पन्न भएको थियो । उक्त निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार कृष्णलाल भडेललाई सघाए वापत स्थानीय तहको निर्वाचनमा तत्कालिन राप्रपा संयुक्त (हालः राप्रपा) लाई नगरप्रमुख (मेयर) पदमा सघाउने सहमति भएको लिखित पत्र सार्वजनिक भएको...
बैशाख ६, काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको भवन संरचना निर्माणको जिम्मा स्थानीय तहलाई दिने तयारी गरेको छ।यो वर्षको बजेटबाट भवन निर्माण र प्रबलीकरणको जिम्मा स्थानीय तहलाई दिन लागिएको शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका प्रवक्ता डिल्लीराम लुइँटेलले जानकारी दिए।उनले बजेटमात्र केन्द्रले दिने र विद्यालय भवन संरचना निर्माण भने स्थानीय तहबाटै...
बैशाख ६,काठमाडौं : निर्वाचन आयोगमा प्रमुख आयुक्त दिनेश थपलियाले स्थानीय तहका सबै पदाधिकरीको म्याद आगामी जेठ ५ गते नै सकिने बताएका छन्। नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलको सहकार्यमा निर्वाचन आयोगले मंगलबार आयोजना गरेको मिडियासँग अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले २०७४ सालको स्थानीय तहको निर्वाचन तीन चरणमा भएको भए पनि जेठ ५ मा सबै पदाधिकारीको...
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेसका सभापति समेत रहेका देउवाले नेविसंघको स्थापना दिवसलाई सम्बोधन गर्दै भने, ‘गठबन्धन टुटाउने षड्यन्त्र भइसकेको छ। गठबन्धन हुनुअघि हाम्राे हालत कस्तो थियो। संविधान अनुसार एक्लै बहुमत कसैको आउँदैन। कसै न कसैसँग त मिल्न नै पर्छ।’पहिलाको निर्वाचनमा पार्टी अवस्थालाई हेरेर निर्णय गर्न नेता कार्यकर्तालाई उनले...
काठमाडौं । सप्तकोशी नदिमा पानी जहाज (मोटरबोट) चलेपछि हिजोआज सुनसरी, उदयपुर, भोजपुर आसपासका सर्वसाधरणलाई राहत भएको छ । सुनसरीको बराहाक्षेत्र नगरपालिका वडा १. चतराक्षेत्रबाट पानी जहाज माथिल्लो क्षेत्रतिर जानथालेको केही समय भयो । भोजपुर जिल्लाका मानिसलाई ३/४ घण्टा हिड्ँनु पर्ने पैदल यात्रा छोटो भएर ३० मिनेट जतिको भएको छ । सडक यातायातको पहँुच पुग्न नसेको स्थानका ग्रामिण भेगका सर्वसाधरणलाई...
भक्तपुर । ५ करोड रुपैयाँ बराबरको कारोबार गर्दै भक्तपुरमा जारी सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ । महोत्सबमा करिब ४ लाख आगन्तुकहरू भ्रमण गरेको र ५ करोड बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले बताए । मेलाका संयोजक दीपक थापाका अनुसार मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू,...
भक्तपुर । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले नव वर्ष २०७९ साल तथा विस्का जात्राको अवसरमा मिति २०७९ वैशाख ५ गते शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । संघका अध्यक्ष गंगाराम मानन्धरको सभापतित्वमा भएको उक्त कार्यक्रमका अवसरमा संघले प्रकाशन गरेको विक्रम संवत २०७९ सालको टेबुल क्यालेण्डर समेत विमोचन गरिएको हो । अध्यक्ष मानन्धरले भक्तपुर जिल्लाका विद्युतीय सामग्री व्यवसायीहरुको...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न.२ दुवाकोटमा रहेको मित्रश्री पाठशालमा विभिन्न कार्यक्रम सम्पन्न भएको छ । समता सचेतना समाज र पाठशालाको संयुक्त आयोजना रक्तदान, सांगीतिक, क्यालेण्डर तथा डायरी बिमोचन कार्यक्रम सम्पन्न भएको हो । कलाकार निशा देसार, राजा राजेन्द्र पोखरेलले आफ्नो प्रस्तुति दिएका थिए ।रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको पाठशालाका प्रर्चाय दिपक बिस्टले नयाँ नेपाल न्यूजलाई जानकारी दिएका...
भक्तपुर । नयाँ वर्ष २०७९ को आगमनसँगै सुरु भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेला आइतबार भोलीबाट सकिदैं छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डले भक्तपुरको सल्लाघारीमा मेला आयोजना गरेको उक्त मेलामा हुने सांगीतिक कार्यक्रम हेर्न लाखौं दर्शकहरुको भिड् लाग्ने गरेको छ । दैनिक जसो सांकृतिक कार्यक्रम भइरहेको मेलामा राष्ट्रियस्तरका कलाकारहरुको सांगीतिक प्रस्तुति हुने गरेको मेला संयोजक...