Wednesday, July 15, 2026
Home Blog Page 939
जेठ १०, काठमाडौं : आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्को संयुक्त बैठकमा पेश हुने छ। नीति तथा कार्यक्रम पेश गर्ने प्रयोजनका लागि संघीय संसद्को बैठक मंगलवारका लगि अपराह्न ४ बजेका लागि बोलाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धन सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय गरिएको संघीय संसद्...
जेठ १०,सुनसरी : स्वतन्त्र उम्मेदवारी दिएर सुनसरीको धरान उपमहानगरपालिका प्रमुखमा निर्वाचित हर्कराज साम्पाङले पदभार ग्रहण गरेका छन्। मंगलबार उपमहानगरको कार्यालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन्।उनले स्थानीय कर प्रणालीलाई वैज्ञानिक एवं व्यवस्थित तुल्याउन राजश्व सम्बन्धी कार्यदल गठन गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। वरिष्ठ राजश्व तथा सूचना अधिकृत खगेन्द्रप्रसाद खतिवडाले पेश गरेको राजश्व अध्ययन कार्यदल गठनसम्बन्धी प्रस्ताव...
जेठ १०,काठमाडौं : डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय निर्माण गर्ने उद्देश्यले साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ। ‘स्कुल फर स्पेसल’ नाम दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्न लागिएको हो। परियोजनाअन्तर्गत डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि विशेष...
जेठ १०,काठमाडौं : भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले जनताले आफूले गरेको पहिलो कार्यकालको कामलाई जनताले अनुमोदन गरेकाे बताइन्। निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भनिन्, ‘जनताको नजिकको साथ सहयोग पाएकाले सोचेभन्दा राम्रो नतिजा प्राप्त गरेको छौँ। जनताको भावना र अपेक्षाअनुसार पहिला कार्यकालमा काम गरेको थिए। अहिले उहाँहरुले त्यही मेरो कामलाई अनुमोदन गरि दिनुभएको छ।’जनताले अपेक्षा गरेअनुसार भावना बुझेन...
जेठ १० कञ्चनपुर : कञ्चनपुर उद्योग वाणिज्य संघले कृषि क्वारेन्टिन माग गर्दै भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीलाई ज्ञापनपत्र बुझाएको छ।संघका अध्यक्ष जंगबहादुर मल्ल नेतृत्वको टोलीले भारतको बनबासामा मुख्यमन्त्री धामीलाई भेटेर यस्तो माग राखेका हुन्।ज्ञापनपत्रमा बनबासा पुलमा २४सै घण्टा आवागमन सहज हुनुपर्ने, दोधारा चादँनीमा प्रस्तावित सुक्खा बन्दरगाहसित जोड्न भारतले आफ्नो भूमिमा सडक, पुल, रेल्वेलगायतको संरचना जोड्न निर्माणमा पहल गर्नलगायत माग पनि...
जेठ १०,काठमाडौं : काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एकजना शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीं आन्दोलित भएका छन्।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले आन्दोलनपछि अभिभावकले ती शिक्षकविरुद्ध जाहेरी दिन लागेको जानकारी दिए। ‘शिक्षकविरुद्ध जाहेरीका लागि छात्रा र अभिभावकले निवेदक लेख्दै छन्,अब एकै छिनमा दर्ता गर्ने तयारीमा छ,’उनले भने।जाहेरी दर्तापछि ती शिक्षकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान...
जेठ १०,कञ्चनपुर : पश्चिमी सीमानाका गड्डाचौकी ७२ घण्टा बन्द हुने भएको छ। भारतको उत्तराखण्डको चम्फावत विधानसभा क्षेत्र ५५ को उपनिर्वाचनको सुरक्षाका लागि नाका बन्द गर्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले यही जेठ १४ गते अपराह्न ५ बजेदेखि जेठ १७ गते बेलुकी ५ बजेसम्मका लागि सीमानाका बन्द हुने बताए।उनले गड्डाचौकीलगायत भारतको चम्फावत जिल्लासँग...
जेठ ९,काठमाडौं : नेपाल प्रहरीका पाँच डीआईजी एआईजी बढुवाका लागि सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको बैठकले कार्यसम्पादन मूल्यांकन र ज्येष्ठताका आधारमा पाँचजनाको नाम सिफारिस गरेको हो।बढुवा सिफारिस हुनेमा अरुणकुमार बिसी, दिवेश लोहनी, उत्तमराज सुवेदी, मुकुन्दराज आचार्य र पूजा सिंह छन्।
जेठ ९, काठमाडौं : सौन्दर्य प्रतियोगिताका क्रममा आठ वर्ष अघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध प्रहरीले म्याद थपको तयारी भएको छ। आज म्याद थपका लागि उनलाई अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ। पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ थियो। उनीविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद थप गर्ने तयारी गरिएको छ।बलात्कारसम्बन्धी...
जेठ ९,झापा : गौरीगञ्ज गाउँपालिकाको प्रमुख पदमा दुवै जना महिला निर्वाचित भएका छन्। गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी फूलवती राजवंशी र उपाध्यक्षमा नेकपा एमालेकी पूजन न्यौपाने कुँवर निर्वाचित भएका छन्। राजवंशीले निकटतम प्रतिस्पर्धी एमालेका विजय कुमार अग्रवाल र निवर्तमान गाउँपालिका अध्यक्ष राप्रपाका बाबुराजा श्रेष्ठलाई पराजित गरेका हुन्। राजवंशीले ५ हजार ६८९ मत ल्याउँदा अग्रवालले ३ हजार ३३० र श्रेष्ठले...