Saturday, September 26, 2026
Home Uncategorized आफूले गरेको कामलाई जनताले अनुमोदन गरेकाे बताइन् : रेनु दाहाल

आफूले गरेको कामलाई जनताले अनुमोदन गरेकाे बताइन् : रेनु दाहाल

137

जेठ १०,

काठमाडौं : भरतपुर महानगरपालिकाको नवनिर्वाचित प्रमुख रेनु दाहालले जनताले आफूले गरेको पहिलो कार्यकालको कामलाई जनताले अनुमोदन गरेकाे बताइन्। निर्वाचित भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भनिन्, ‘जनताको नजिकको साथ सहयोग पाएकाले सोचेभन्दा राम्रो नतिजा प्राप्त गरेको छौँ। जनताको भावना र अपेक्षाअनुसार पहिला कार्यकालमा काम गरेको थिए। अहिले उहाँहरुले त्यही मेरो कामलाई अनुमोदन गरि दिनुभएको छ।’

जनताले अपेक्षा गरेअनुसार भावना बुझेन अधुरा काम गर्ने बताइन्। उनले आफूहरु ३ देखि ७ हजार मतले जित्ने आकलन गरेको भएपनि जनताको बलियो साथ मिलेको बताइन्। उनले भनिन्, ‘देशभरको ध्यान यही थियो। विपक्षीले निशाना बनाएका थिए हराउनुलाई तर जनताले विगतको कामको अनुमोदन गर्नुभएको छ। म मेरो काममा कुनै कमि आउन दिनेछैन। हामीले सबै चिजको अनुभव गरेका छौँ। त्यही अनुभवलाई सदुपयोग गरेर भरतपुरको विकास लाग्छु।’भरतपुर विकासमा आफ्नो अन्तिम कार्यकाल भएकाले जनतालाई निरास हुन नदिने प्रतिबद्धता समेत व्यक्त गरिन्। ठुला गौरवको आयोजनालाई प्राथमिकतामा राखेर काम गर्ने समेत बताइन्। ढल व्यवस्थापन गुरुयोजना बनाएर संघीय सरकारसँग समन्वय गरिरहेको उनको भनाइ छ।