Saturday, September 26, 2026
Home अपराध बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध प्रहरीले म्याद थपको तयारी

बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध प्रहरीले म्याद थपको तयारी

47

जेठ ९,
काठमाडौं : सौन्दर्य प्रतियोगिताका क्रममा आठ वर्ष अघि एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध प्रहरीले म्याद थपको तयारी भएको छ। आज म्याद थपका लागि उनलाई अदालत लैजाने तयारी भएको प्रहरीले जनाएको छ। पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार स्वयम्भूबाट पक्राउ थियो। उनीविरुद्ध मानव बेचविखन तथा ओसारपोसार मुद्दामा म्याद थप गर्ने तयारी गरिएको छ।

बलात्कारसम्बन्धी मुद्दाको हदम्याद एक वर्ष मात्रै हुने भएकाले मानव बेचविखन तथा ओसारपोसार मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। पाण्डेकै समूहले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल नामक प्रतियोगिता आयोजना गरेको थियो । सोही क्रममा प्रतियोगिता सकिएपछि सक्सेस पार्टी दिनेभन्दै एक प्रतियोगीलाई नयाँ बानेश्वरको एभरेस्ट होटेलमा बोलाएर बलात्कार गरेको आरोपसहितको भिडियो सार्वजनिक भएपछि उनलाई पक्राउ गरिएको हो।