Saturday, September 26, 2026
Home शिक्षा राउण्ड टेबल नेपालले डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय...

राउण्ड टेबल नेपालले डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय निर्माण गर्ने

245

जेठ १०,

काठमाडौं : डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाका लागि छुट्टै विद्यालय निर्माण गर्ने उद्देश्यले साथ राउण्ड टेबल नेपालले विशेष कार्यक्रम गर्ने भएको छ। ‘स्कुल फर स्पेसल’ नाम दिइएको यो परियोजना अन्तर्गत पहिलो चरणमा काठमाडौं उपत्यकामा एक विशेष स्कुल निर्माण गर्न लागिएको हो। परियोजनाअन्तर्गत डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकालाई पढाउने जुनसुकै स्कुलको विकास र वृद्धिका लागि विशेष सहयोग गर्ने संस्थाका लालचन्द्र गौतमले जानकारी दिए।

डाउन सिन्ड्रोम तथा अटिजम प्रति जनचेतना अभिबृद्धि गर्दै यस्ता फरक क्षमता भएका बालबालिकाहको शिक्षा तथा वैयक्तिक विकासमा सहयोगी बन्ने लक्ष्यका साथ राउण्ड टेबलले युवालक्षित कार्यक्रम आयोजना गर्ने भएको हो। यो कार्यक्रमबाट हुने आम्दानीको शत् प्रतिशत रकम डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाको शिक्षामा खर्च गरिने आयोजक संस्थाका शरद केडियाले बताए। स्कुल निर्माणबारे जानकारी दिन संस्थाले आगामी असार ४ गते काठमाडौँको मल्ल होटलमा विशेष ‘कार्निभल’ आयोजना गर्ने भएको छ।