Saturday, September 26, 2026
Home शिक्षा सेन्ट लरेन्स कलेजका शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीं आन्दोलित

सेन्ट लरेन्स कलेजका शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीं आन्दोलित

176

जेठ १०,

काठमाडौं : काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका एकजना शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीं आन्दोलित भएका छन्।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले आन्दोलनपछि अभिभावकले ती शिक्षकविरुद्ध जाहेरी दिन लागेको जानकारी दिए। ‘शिक्षकविरुद्ध जाहेरीका लागि छात्रा र अभिभावकले निवेदक लेख्दै छन्,अब एकै छिनमा दर्ता गर्ने तयारीमा छ,’उनले भने।जाहेरी दर्तापछि ती शिक्षकलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गर्ने उनको भनाइ छ। आन्दोलित विद्यार्थीहरूले कलेज र शिक्षण विरुद्ध नाराबाजी समेत गरेका थिए।

अघिल्लो समाचार