काठमाडौँ — युरोपेली सङ्घ (इयु)का सदस्य राष्ट्रहरूलाई नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाका साथै जलवायु परिवर्तनका प्रभाव र हरित वृद्धि, सुशासन, नवप्रवर्तन र समावेशी विकासबारे जानकारी दिने उद्देश्यले यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा रहेका २१ राजदूत र प्रतिनिधिलाई यहाँ भेला गराएको छ ।तीनदिने भ्रमणमा रहेको इयुको टोलीमा यहाँस्थित इयुका आवासीय राजदूत एवं प्रतिनिधि सहभागी हुने प्रतिनिधिमण्डलले जनाएको छ ।...
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ देखि सुरू हुने आन्दोलनले गणतन्त्र ढाल्ने दाबी गर्दै प्रधानमन्त्रीलाई हेलिकप्टरबाट भाग्ने सुविधा दिने अभिव्यक्ति दिएका छन्। राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित राप्रपा सहितका राजावादी शक्तिहरूले जेठ १५ देखि 'निर्णायक आन्दोलन थाल्ने' बताउँदै आएका छन्। गणतन्त्र दिवसकै दिनबाट ‘गणतन्त्र ढाल्ने गरी निर्णायक आन्दोलन थाल्ने’ तयारीका लागि मंगलबार काठमाडौंका सबै...
काठमाडौं । नेपाल प्रहरीका डिएसपीले चलाएको निजी गाडीले कोशी प्रदेशका सांसदहरू सवार गाडीलाई ठक्कर दिएको छ।
सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा डिएसपी सवार गाडीले सांसदहरू सवार गाडीलाई ठक्कर दिएको हो।जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० मा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले चलाएका थिए...
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन २०८२ मंसिरमा हुनुपर्ने हो तर सभापति शेरबहादुर देउवाले विधानअनुसार थप एक वर्ष कार्यकाल थप गर्ने संकेत यसअघि नै गरिसकेका छन्।सभापति र देउवानिकट ६ जना पूर्वपदाधिकारीहरू आइतबार सानेपामा छलफलमा जुटेका हुन्। छलफलमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह र विमलेन्द्र निधि तथा पूर्वमहामन्त्रीहरू शशांक कोइराला, कृष्णप्रसाद सिटौला तथा प्रवक्ता प्रकाशशरण महत छन्। उनीहरूबीच कांग्रेसको १५ औं...
अर्घाखाँची । जिल्लास्थित सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक गरिएको छ। सुपा देउराली मन्दिरको धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई उजागर गर्ने उद्देश्यले तयार गरिएको यस भजनको संगीत भिडियोले दर्शक-श्रोताको मन जित्ने विश्वास लिइएको छ। भजनमा लोकसंगीत क्षेत्रमा सक्रिय बहुप्रतिभाशाली कलाकार मोतिराज खनालको नेतृत्व, स्वर, संगीत र अभिनय समावेश गरिएको छ। साथै, शब्द...
भक्तपुर । ड्राईभिङ्ग स्कुल संघ नेपाल भक्तपुरको प्रथम अधिबेशबाट अध्यक्षमा रामभाई बाँनिया चयन भएका छन् । त्यसैगरि उपाध्यक्ष लालकाजी श्रेष्ठ, सचिव भैरब कुमार श्रेष्ठ, सहसचिव नरेश दुवाल, कोषाध्यक्ष भवानी शंकर अधिकारी सर्वसहमत चयन भएका हुन् । संघको सदस्यहरुमा सुनिल कपाली, भगवान बोगटी, तिर्थ कुमारी खत्री, चन्द्र राई, बिशाल कुमार श्रेष्ठ चयन भएका छन् ।
भक्तपुर । सुर्यविनायक नगरपालिका–४ दधिकोट क्षेत्रका सरोकारवाला निकायहरू पछिल्लो समयमा चोरी तथा अन्य आपराधिक गतिविधिहरू तीव्र रुपमा बढ्न थालेपछि सक्रिय भएका छन् । चोरी नियन्त्रण तथा सुरक्षाको सुदृढीकरणका लागि वडा कार्यालय, सुरक्षा निकाय र स्थानीय समुदायले संयुक्तरुपमा गम्भीर पहल थालेका हुन् ।वडा अध्यक्ष लछुराम न्यौपानेका अनुसार, चोरी र सडक दुर्घटनाजस्ता घटनाहरू न्युनिकरण गर्न वडा नं. ४ मा एक सय...
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सडक दुर्घटनामा हुने मानवीय क्षती न्यूनिकरण र घाईतेको प्राथमिक उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाल प्रहरीलाई उपचार किट्स बक्स सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठले एक कार्यक्रमकाबीच प्रहरी वृत्त थिमिका डीएसपी नवराज ढुंगानालाई प्राथमिक उपचारको सामाग्री प्रदान गरेको गर्नुभएको हो । थिमि नगरपालिकाले प्रहरी वृत्त थिमिलाई १० थान प्राथमिक उपचार किट्स बक्स हस्तान्तरण गरिएको...
काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ले पहिलो साता बक्सअफिसमा सुखद कमाइ गरेको छ । यो फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । विपिन कार्की र मिरुना मगर स्टारर फिल्मको पहिलो साताको कमाइ सुखद रह्यो । फिल्मले पहिलो साता देशब्यापी ४ करोड ४ लाख ७८ हजार २१० रुपैयाँ विहिबारसम्म ग्रस कमाइ गरेको सरकारको आधिकारिक बक्सअफिसमा उल्लेख छ ।दोस्रो सातादेखि फिल्मको...
काठमाडौं । दुई बालबालिकाको हत्या गरी एक व्यक्तिले धारिलो हतियार प्रहार गरी आफूले समेत आत्महत्याको प्रयास गरेका छन्। चितवन जिल्ला भरतपुर महानगरपालिका- २५ किसान चोक नजिक घर भएका ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् । उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए। बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई...










