भक्तपुर । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार भक्तपुर जिल्ला सबैभन्दा कम बेरुजु हुने पालिकामा मध्यपुर थिमि नगरपालिका रहेको छ । ६२ औं वार्षिक प्रतिवेदन अनुसार मध्यपुर थिमि नगरपालिका जिल्लाको सबैभन्दा कम बेरुजु हुने पालिका बनेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजिक गरेको ६२ औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका चार वटा पालिका मध्ये मध्यपुर थिमि सबै भन्दा...
पोखरा । तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धि कसुरमा मुद्दा दर्ता भएको छ ।
भीमाद नगरपालिका- ६ बस्ने ५७ वर्षीय प्रभात आलेले हुलाकमार्फत पठाएको जाहेरी प्रहरीले दर्ता गरेको हो । गएको फागुन १३ गते प्रभात आफैं इलाका प्रहरी कार्यालय बेलचौतारा पुगेर जाहेरी दर्ता गर्न खोज्दा प्रहरीले राजनीतिक दबाबका कारण दर्ता गरेको थिएन ।आलेले पछि बैशाख १५...
काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसदसमेत रहेका पूर्वमन्त्री मोहनबहादुर बस्नेत विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधि खरिद गर्दा भ्रष्टाचार भएको भन्दै मुद्दा दर्ता गरेको छ। अख्तियारले बिहीबार पूर्वसञ्चार मन्त्री बस्नेतसहित १६ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।पूर्वमन्त्री बस्नेत, पूर्वकानुन सचिव धनराज ज्ञवालीसहित १६ जना व्यक्ति र दुई कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा...
एजेन्सी । तालिबान सरकारका आन्तरिक मामिला मन्त्रालयका उपप्रमुखले गोप्य रुपमा भारतको भ्रमण गरेका छन् । भारतीय मिडिया सन्डे गार्जियनले उपमन्त्री मुल्लाह मोहम्मद इब्राहिम सद्रले भारतको गोप्य भ्रमण गरेको जनाएको हो । उनी तालिबानका सर्वोच्च नेता हैबतुल्लाह अखुन्दजादाका निकटस्थ मानिन्छन् । भारतसँग सम्बन्ध सुधारका लागि अखुन्दजादाले सद्रलाई भारत पठाएको हुनसक्ने विश्लेषण गरिएको छ । भारत–पाकिस्तान तनावबीच पाकिस्तानविरोधी र इरानसमर्थक नेताको...
कालिकोट । सुत्केरी हुन नसकेपछि एक महिलाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । कालीकोटको तिलागुफा नगरपालिका-१० की २२ वर्षीया सन्तकला रोकायालाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरमार्फत उद्धार गरेर कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुँदा अवस्था जटिल बन्दै गएका कारणले बिहीबार उनलाई हेलिकप्टरमार्फत सुर्खेतस्थित प्रदेश अस्पतालमा लगिएको तिलागुफाका उपप्रमुख महेन्द्रबहादुर शाहीले जानकारी...
काठमाडौँ । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले रोजगारीलाई बढी प्राथमिकता दिएको र अध्ययनलाई निरन्तरता नदिने समस्या देखिएको नेपाल सरकारले बताएको छ । दक्षिण कोरियामा अध्ययन गर्न जाने विद्यार्थीको नियमन गर्नुपर्ने अवस्था देखिएको भन्दै वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ ९एनओसी० वितरणमा रोक लगाएको छ । शिक्षा मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरेर दक्षिण कोरियाका लागि एनओसी जारी गर्ने कार्य हाललाई...
काठमाडौं । उरुग्वेका पूर्वराष्ट्रपति जोसे मुजिकाको ८९ वर्षको उमेरमा निधन भएको छ । गत एक वर्षदेखि उनी क्यान्सर रोगसँग सङ्घर्ष गर्दै आएका थिए । सन् १९६० मा वामपन्थी सैन्य समूह टुपामारोसको नेताको रूपमा उनको उदय भएको थियो । क्युबाको क्रान्तिबाट प्रेरित सो सङ्गठनले सन् १९६० र ७० को दशकमा देशको राष्ट्रिय सेनाको विरुद्धमा सशस्त्र सङ्घर्ष गरेको थियो ।
सैन्य तानाशाहको...
विराटनगर । गएराति मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ ।रतुवामाई नगरपालिका–३ मिर्चा डाँगी टोलमा विवाह घरमा नाचगान गरिरहेकी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सुर्यदेवी गनगाईंको मृत्यु भएको हो । प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला ३ जनालाई करेन्ट लागेको थियो जसमध्ये दुई जनाको मृत्यु भएको हो । स्थानीय ३० वर्षीया...
अमेरिका र चीनबीच स्वीट्जरल्याण्डको जेनेभामा भएको व्यापार वार्तामा उल्लेखनीय प्रगती भएको बताइएको छ। जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म अमेरिका र चीनबीच भएको वार्ताबाट सकारात्मक र ठोस प्रगती भएको दुवै देशका प्रतिनिधिहरूले बताएका छन्। यद्यपि दुवै पक्षले के-के सहमति भयो भनेर सार्वजनिक गरेका छैनन्। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार सोमबार दुवै पक्षले संयुक्त वक्तव्य सार्वजनिक गर्दैछन्। चिनियाँ पक्षले वार्ता...
जाजरकोटमा एक जना थुनुवा कारागारको शौचालयमा मृत अवस्थामा फेला परेका छन्। आइतबार दिउँसो १ बजे भेरी नगरपालिका–१० का २८ वर्षीय दीपक बुढा मगर कारागारको शौचालय भित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए। मगर झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक चन्दले बताए। उनी झुण्डिएको अवस्थामा देखेपछि कारागारका नाइके बिमल सिंहले कारागारको सुरक्षार्थ खटिएका...










