भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले सडक दुर्घटनामा हुने मानवीय क्षती न्यूनिकरण र घाईतेको प्राथमिक उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाल प्रहरीलाई उपचार किट्स बक्स सहयोग गरेको छ । नगरप्रमुख सुरेन्द्र श्रेष्ठले एक कार्यक्रमकाबीच प्रहरी वृत्त थिमिका डीएसपी नवराज ढुंगानालाई प्राथमिक उपचारको सामाग्री प्रदान गरेको गर्नुभएको हो । थिमि नगरपालिकाले प्रहरी वृत्त थिमिलाई १० थान प्राथमिक उपचार किट्स बक्स हस्तान्तरण गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।