काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ले पहिलो साता बक्सअफिसमा सुखद कमाइ गरेको छ । यो फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । विपिन कार्की र मिरुना मगर स्टारर फिल्मको पहिलो साताको कमाइ सुखद रह्यो । फिल्मले पहिलो साता देशब्यापी ४ करोड ४ लाख ७८ हजार २१० रुपैयाँ विहिबारसम्म ग्रस कमाइ गरेको सरकारको आधिकारिक बक्सअफिसमा उल्लेख छ ।
दोस्रो सातादेखि फिल्मको शो संख्यामा केही गिरावट देखिएको छ । १९० शोसहित प्रदर्शनमा आएको फिल्मको दोस्रो शुक्रबारको शो संख्या ११५ शो छ । नवीन चौहान निर्देशित यो फिल्मले अन्तर्जातीय प्रेममा आउने सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक टकरावको कथा पेश गर्छ । शुक्रबारदेखि ३ नयाँ फिल्म रिलिज भएकाले ‘ऊनको स्वीटर’लाई शो संख्या र अकुपेन्सीलाई स्थिर राख्नुपर्ने चुनौती छ ।