डिएसपीले चलाएको गाडीले सांसदहरू सवार गाडीलाई ठक्कर दियो

17

काठमाडौं । नेपाल प्रहरीका डिएसपीले चलाएको निजी गाडीले कोशी प्रदेशका सांसदहरू सवार गाडीलाई ठक्कर दिएको छ।
सोमबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा डिएसपी सवार गाडीले सांसदहरू सवार गाडीलाई ठक्कर दिएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी वेदप्रकाश जोशीका अनुसार बेलबारीबाट झापातर्फ जाँदै गरेको बा ५ च ३५३० मा जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काले चलाएका थिए भने विपरीत दिशाबाट बिएई १४०६ नम्बरको कार आउँदै थियो।
सांसद मैया श्रेष्ठले एक जना सांसदलाई अलि बढी चोट लागेको र अरू सामान्य रहेको बताइन्। आफू निवासमा पुगेर आराम गरिरहेको उनको भनाइ छ। उक्त कारमा कोशी प्रदेशका सांसदहरू मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए।