Home Blog Page 88
भक्तपुर । पत्रकारलाई प्रविधि सिकाउन नेपाल पत्रकार महासंघ जिल्ला भक्तपुरले मोबाइल जर्नालिज्म (मोजो)सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्नको आयोजना गरेको छ । सूर्यविनायक नगरपालिकाको सहकार्यमा पत्रकार महासंघ भक्तपुर शाखाले पत्रकारहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको उद्घाटन गर्दै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले आफ्नो नगर नवस्थापित भए पनि जनहितका कार्यमा विभिन्न चुनौतीहरूसँग जुझ्दै अघि बढिरहेको बताए ।...
भक्तपुर । नेकपा एमाले चाँगुनारायण नगर कमिटिले मदन आश्रीत स्मृति दिवसको अवसरमा रचनात्मक कार्य गर्ने निणय गरेको छ । नगर कमिटिका सचिव भागवतराम गेलालका अनुसार ३२ औं मदन आश्रीत दिवसको अवसरमा भोली जेठ १० गते शनिवार नगरकोट महादेव पोखरी क्षेत्रमा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ । 'हामीले रचनात्मक कार्यलाई विभिन्न अवसर पारेका गर्दै आइरहेका छौं, विगतमा पदयात्रा र रक्तदान...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारत विद्युत् निर्यात सुरु गरेको छ । शनिबार रातिबाट भारतमा विद्युत् निर्यात सुरु भएको हो । शनिबार राति २ सय मेगावाट विद्युत् निर्यात भएकोमा त्यसपछिका दिनमा १ सय ५० मेगावाटभन्दा बढी निर्यात भइरहेको छ । केही दिनको वर्षासँगै नदीहरूमा पानीको बहाव बढेपछि बिजुली उत्पादन बढेकाले प्राधिकरणले विद्युत् निर्यात गर्न थालेको हो । भारतबाट महँगो...
काठमाडौँ । आगामी साउनदेखि नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । महामन्त्री गगन थापा नेतृत्वको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’को बुधवार बसेको बैठकले असार मसान्तसम्म क्रियाशील सदस्यता नवीकरणको काम सक्ने र साउनबाट नयाँ क्रियाशील सदस्यता वितरणको काम थाल्ने निर्णय गरेको हो ।नयाँ क्रियाशील सदस्यता जातजाति, वर्ण, लिंग, पछिल्लो पटकको मतभारको प्रतिशत, जनसंख्याको आधार, पार्टीले पाएको...
काठमाडौं । नेपाल प्रहरीले गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ गरेको छ । उनलाई केहीबेर अघिमात्रै प्रहरीले नियन्त्रणमा लिएको हो । उनी हिजो बेलुकीमात्रै सरुवा भएर गृह मन्त्रालय पुगेका थिए । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए । थप विवरण आउन बाँकी छ । अख्तियारले केहीबेर अघिमात्रै विमानस्थल अध्यागमनमा छापा मारेको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले जेठ १५ गतेदेखि सुरू हुने जनआन्दोलन मा साथ माग्दै पत्र लेखेको छ । संयोजक सुवेदीले रास्वपा कार्यवाहक सभापति डोलप्रसाद अर्याललाई पठाएको पत्रमा ुसंयुक्त जनआन्दोलनमा सहकार्यका लागि प्रस्तावु गरिएको उल्लेख छ।‘संयुक्त जनआन्दोलन समितिले यही २०८२ साल जेठ १५ गतेदेखि संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य र बहुदलीय प्रजातन्त्रको पुनस्थापनाका...
एजेन्सी । भारतको ब्यापारीक शहर मुम्बईको केईएम अस्पतालमा सोमबार दुई जना कोभिड पोजिटिभ बिरामीको मृत्यु भएको छ । तर,उनको मृत्यु कोभिडका कारण नभई दीर्घकालीन रोगका कारण भएको चिकित्सकहरुले बताएका छन् । एक बिरामीलाई मुखको क्यान्सर र अर्कोलाई मृगौला रोग नेफ्रोटिक सिन्ड्रोम थियो। तर, उनीहरू थप कोभिड संक्रमित भने थिए ।पछिल्लो समय एसियाको सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा कोरोनाभाइरसका केसहरू...
काठमाडौं : नेपाली बजारमा फेरि एक राइड सेयरिङ प्लाटफर्म थपिएको छ। विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रुपले नेपाली बजारमा पनि राइड सेयरिङ सेवा सुरु गरेको हो। उपाय, दोस्ती, ई ड्राइभ नेपाललगायत नेपाली कम्पनीसँग मिलेर याङ्गोले मंगलबारदेखि काठमाडौंमा परीक्षण राइड सेवा सुरु गरेको हो। नेपालमा यसअघि पठाओ र इन्ड्राइभलगायत दर्जन हाराहारी राइड सेयरिङ कम्पनी छन्। नेपाली राइड सेयरिङ बजारको धेरैजसो हिस्सा...
काठमाडौं : पृथ्वी राजमार्गस्थित तनहुँको डुम्रेमा बस र टिपर ठोक्किँदा सातजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार रुकुम पश्चिमबाट काठमाडौँ तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१-००१-अ-यू ००५७ नम्बरको टिपर ठोक्किएका हुन्। प्रहरीका अनुसार टिपर मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजनाको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका अुनसार घाइते एकजनाको...
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि संसदमा आज हुने भनिएको प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम स्थगित हुने भएको छ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री सोमबारबाट अस्वस्थ भएका कारण आजको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुने सम्भावना कम रहेको बताए। सोमबार काठमाडौँमा भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू केही अस्वस्थ रहेको भन्दै आफ्नो सम्बोधन छोट्याएका थिए। उनलाई रुघाखोकीको समस्या देखिएको...