पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै ४ लाख वितरण गरेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो ।नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार विसं २०७८ को एसइई परीक्षामा सामुदायिक विद्यालयबाट तीनदशमलव६५ वा सोभन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीलाई...
काठमाडौँ । कम्बोडियामा भएको आगलागीमा परी ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । उनको शव आगामी आइतबारसम्म नेपाल आइपुग्ने जानकारी प्राप्त भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।कम्बोडियाको होटेलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका–१...
काठमाडौं । नवलपरासी पश्चिमका प्रहरी प्रमुख एसपी ऋषिराम कँडेल प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।आर्थिक अनियमितताबारे गुनासो आएपछि छानबिनका लागि प्रहरी प्रधान कार्यालय नक्शालमा तानिएको प्रहरी प्रवक्ता टेकप्रसाद राईले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्रीले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीसँग देशको वर्तमान अर्थतन्त्रको अवस्था, बैंकिङ क्षेत्रमा देखिएका समस्या र तत्काल सुधार गर्नुपर्ने विषयका बारेमा छलफल गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले बैंकिङ क्षेत्रमा पछिल्लो समयमा देखिएका समस्या तथा चुनौतीहरूको विषयमा चासो राखेका थिए । उनले ब्याजदर घटाउन तथा तरलताको समस्याबारे मौद्रिक...
काठमाडौँ । नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ। पार्टी कार्यालय सानेपामा दिउँसो ३ बजे पत्रकार सम्मेलन गर्न लागिएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। पत्रकार सम्मेलनमा समसामयिक राजनीति विषय र निर्वाचनमा खटिएका नेता तथा कार्यकर्ताहरूलाई धन्यवाद दिइने प्रवक्ता महतले जानकारी दिए। कांग्रेसले सरकारबाट बाहिरिएपछि पहिलोपटक पत्रकार सम्मेलन गर्न लागेको हो।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि गत पुस १० गते सभापति शेरबहादुर देउवा...
काठमाडौँ। यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको छ । प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि बिचौलियाको असर रोकिन सकेको छैन । काठमाडौँ उपत्यकाका केही यातायात कार्यालयहरूमा मङ्गलबार गरिएको सुक्ष्म अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको पत्ता लागेको हो ।मङ्गलबारमात्रै गरिएको अनुसन्धान तथा बिचौलिया नियन्त्रण अभियानका क्रममा सेवाग्राहीलाई अनुचितरुपले प्रभावमा पार्ने पाँच र...
महोत्तरी । महोत्तरी प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । मङ्गलवार साँझ सम्सी गाउँपालिकास्थित सम्सी घण्टाघर नजिकबाट चेकजाँचको क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं.६ का ३० वर्षीय जयराम आले मगर, सोही ठाउँका २७ वर्षीय सुमन परियार र २८ वर्षीय सुमन परियारलाई ७४ थान लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।भारतको बोर्डर कन्हमाबाट सम्सी...
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आरिफ शेखले सन्दीप लामिछानेलाई चाँडो न्याय दिन माग गरेका छन् ।उनले बुधवार सामाजिक सञ्जालमार्फत सन्दीपका लागि न्याय मागेका हुन् ।उनी लेख्छन्, ‘न्यायले हरेक मानिसलाई एकनासले हेर्छ । यो सदा सर्वदा उस्तै हुन्छ । मरेको मान्छे न्यायका लागि रुन सक्दैन । बाँचेको मान्छेको जिम्मा हुन्छ उनीहरूको न्यायका लागि लड्ने । सन्दीपले चाँडै न्याय...
जनकपुरधाम । महोत्तरीको औरहीमा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका-७ स्थित एमटीएल इँटा भट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव फेला परेको हो ।सोमबार साँझ घरबाट निस्केका उनको शव मंगलबार बिहान ११ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ ।झा प्रायः इँटा भट्टामा बस्ने गर्थे । उनको बायाँ एउटा आँखा फुटेको छ...
पाँचथर । पाँचथरको फिदिम नगरपालिका–८ घुमाउनेटारको एक घरमा लागेको आगोमा जलेर दुई जनाको मृत्यु भएको छ ।मेखबहादुर गुरुङको घरमा गएराति साढे १ बजे आगलागी हुँदा मेखबहादुरका २२ वर्षीया छोरी ममता गुरुङ र २३ वर्षीया बुहारी आसाङसिंह थेबेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हरि खतिवडाले जानकारी दिए ।आगोमा जलेर ५५ वर्षीय मेखबहादुर गुरुङ र उनका छोरा विजेन्द्र घाइते...










