सन्दीपलाई न्याय हुनुपर्छ: आरिफ शेख

168

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी आरिफ शेखले सन्दीप लामिछानेलाई चाँडो न्याय दिन माग गरेका छन् ।उनले बुधवार सामाजिक सञ्जालमार्फत सन्दीपका लागि न्याय मागेका हुन् ।

उनी लेख्छन्, ‘न्यायले हरेक मानिसलाई एकनासले हेर्छ । यो सदा सर्वदा उस्तै हुन्छ । मरेको मान्छे न्यायका लागि रुन सक्दैन । बाँचेको मान्छेको जिम्मा हुन्छ उनीहरूको न्यायका लागि लड्ने । सन्दीपले चाँडै न्याय पाओस् र एक देशभक्त व्यक्तिले फेरि राष्ट्रलाई गौरवान्वित गर्न सकोस् भन्ने मेरो कामना छ ।’

जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।