Sunday, September 27, 2026
Home समाज कम्बोडियामा आगलागी, निराकरको शव नेपाल ल्याइँदै

कम्बोडियामा आगलागी, निराकरको शव नेपाल ल्याइँदै

71

काठमाडौँ । कम्बोडियामा भएको आगलागीमा परी ज्यान गुमाएका निराकर पाण्डेको शव नेपाल ल्याउने प्रक्रिया सुरु भएको छ । उनको शव आगामी आइतबारसम्म नेपाल आइपुग्ने जानकारी प्राप्त भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाण्डेको शव नेपाल ल्याउन सहजीकरण गर्न मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिएका थिए ।

कम्बोडियाको होटेलमा आगलागी हुँदा १२ तलामा झापा बिर्तामोड नगरपालिका–१ का निराकर पाण्डे फसेका थिए। त्यहाँबाट निस्किन सम्भव नभएपछि उनले आफ्नो परिवारसँग अन्तिम कुराकानी गरेका थिए। त्यसपछि उक्त १२ औँ तलाबाट हाम्फाल्दा उनको मृत्यु भएको थियो।