लागुऔषधसहित भक्तपुरका तीनजना पक्राउ

51

महोत्तरी । महोत्तरी प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । मङ्गलवार साँझ सम्सी गाउँपालिकास्थित सम्सी घण्टाघर नजिकबाट चेकजाँचको क्रममा भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका वडा नं.६ का ३० वर्षीय जयराम आले मगर, सोही ठाउँका २७ वर्षीय सुमन परियार र २८ वर्षीय सुमन परियारलाई ७४ थान लागुऔषध सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

भारतको बोर्डर कन्हमाबाट सम्सी घण्टाघरतर्फ पैदल आउँदै गर्दा सम्सी चौकीबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उनीहरूको साथबाट ७४ थान प्रतिबन्धित लागुऔषध बरामद भएको महोत्तरी प्रहरीले जनाएको छ ।

अभियुक्तलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।