एक पुरुषको शव फेला, हत्याको आशंका

124

जनकपुरधाम । महोत्तरीको औरहीमा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका-७ स्थित एमटीएल इँटा भट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव फेला परेको हो ।

सोमबार साँझ घरबाट निस्केका उनको शव मंगलबार बिहान ११ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

झा प्रायः इँटा भट्टामा बस्ने गर्थे । उनको बायाँ एउटा आँखा फुटेको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर शव त्यहाँ राखेको हुन सक्ने परिवारको आशंका छ ।

प्रहरी उपरीक्षक कृष्ण पंगेनीले शवको पोस्टमार्टम रिपोर्ट थप अनुसन्धान पश्चात मात्र घटना विषयमा यथार्थ भन्न सकिने बताए । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।

मृतक झा बढी मरिदा सेवन गर्ने व्यक्ति रहेको र अहिलेसम्म कोहीसंग त्यस्तो रिसिइबी समेत नदेखिएको बताए । यद्यपि घटना शंकास्पद रहेकाले त्यसै अनुसार अनुसन्धान गरिरहेको उनको भनाइ छ ।