काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौँ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निरीक्षण तथा अवलोकन गरेका हुन् ।यस्तै प्रधानमन्त्रीले भवनको छतमा पुगेर सिंहदरवारस्थित अन्य भवन तथा संरचनाहरूको समेत अवलोकन गरेका छन् । मुख्य सचिव...
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्लाको खण्डन गरेको छ ।क्यानले बुधबार जारी गरेको वक्तव्यमा नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय र नेपाल...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा जिल्लामा २८ वटा जबरजस्ती करणीको घट्ना घटेको छ । परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेका अनुसार सो घटना संग्लन भएको आरोपमा २६ जना पक्राउ परेका छन् भने २ जना फरार छन् ।
अन्य अपराधको तालिका हेर्नुहोस्
रामेछाप । रामेछापमा बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल खेलकुद महासङ्घ बागमती प्रदेश कमिटीले प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको हो । प्रतियोगिता आगामी माघ ४ देखि ७ गतेसम्म सदरमुकाम मन्थलीमा हुन लागेको महासङ्घका बाग्मती प्रदेश अध्यक्ष सीताराम कार्कीले जानकारी दिनुभयो । ‘खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ...
-राजकुमार लामिछाने `प्रिन्स´
मेरो गाँउमा
शहरबाट
चुनाव आयो निर्वाचन आयोग आयो
उम्मेदवार आए मतदाता आए
बिकास कहिले आउँछ ?मेरो गाँउमा
शहरबाट
बाटो आयो गाडी आयो
बत्ती आयो टेलिफोन आयो
छोराछोरी कहिले आउछन ?मेरो गाँउमा
शहरबाट
नेता आए अभिनेता आए
भाषण आयो , शाषण आयो
रासन कहिले आउँछ ?मेरो गाँउमा
शहरबाट
फेयर एन्ड लभ्ली आयो, लाली पालिस आयो
डिश होम आयो , 4G डाटा आयो
टिकटक फेसबुक यु ट्युव पनि आयो
नुन तेल र सिटामोल कहिले आआउछ?२०७९/०९/१९
काठमाडौँ । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिए ।संविधानको १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दाबी पेस गर्न सक्ने व्यवस्था...
काठमाडौँ। उपप्रधानमन्त्री तथा नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । उनीहरूबीच आज बिहान सिंहदरबारमा भेटवार्ता भएको हो ।भेटमा उपप्रधानमन्त्री श्रेष्ठ तथा राजदुत श्रीवास्तव बिच नेपाल र भारतको वर्षौँदेखिको मित्रतालाई प्रकाश पार्दै जनस्तरको सम्बन्धका तथा दुई देशबीचको द्विपक्षीय हित र विकासका विषयमा छलफल भएको जनाइएको छ ।यस्तै भारतीय...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक ६ दिन पछिलाई सारिएको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारिएको हो । अब केन्द्रीय समिति बैठक २८ पुसको दिउँसो १ बजे बस्ने तय भएको एक नेताले जानकारी दिए ।केन्द्रीय समिति बैठक मूल रुपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको छ । बैठकका छलफलका एजेण्डामाा समसामयिक राजनीतिका सन्दर्भ...
कैलाली । सुदूरपश्चिम प्रदेशमा काँग्रेस संसदीय दल छनोट प्रक्रिया सुरु भएको छ । प्रदेश समितिले संसदीय दलको नेता छनोट गर्न आज पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा तयार गरिएको निर्वाचन समितिमा अर्का उपसभापति जनक राज चौधरी सदस्य रहेका छन् । त्यस्तै समितिमा महामन्त्री नरनारायण शाह मनु, प्रदेश सदस्य सुरत रावत र रामबहादुर देउवा...
काठमाडौँ । रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र कुमार पुन मगर माओवादी केन्द्र मै फर्किएका छन्।गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा माओवादी केन्द्रको पोलिटब्युरो सदस्य र रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर प्रदेशको उम्मेदवार बनेका उनी भारी मतले विजयी भएका थिए।हाल लुम्बिनी प्रदेशको स्वतन्त्र सांसद रहेका दीपेन्द्रले पार्टी छोडेको प्रति आत्मआलोचित हुँदै पुनः माओवादी केन्द्रमा रहेर काम गर्ने...










