काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने आश्वासन दिएका छन् । बिहीबार सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरूसँगको भेटमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने आश्वासन दिएका हुन् ।माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरीले सुदूरपश्चिमको नेतृत्व माओवादीले लिने सहमति भएको बताए । प्रधानमन्त्रीलाई भेट्न माओवादी केन्द्र सुदूरपश्चिम संसदीय...
काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।
काठमाडौँ । बलात्कारको मुद्दामा पुर्पक्षको लागि केन्द्रीय कारागार सुन्धारामा रहेका राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन पेसी बिहीबार पनि स्थगित भएको छ। उच्च अदालत पाटनमा न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्विर भण्डारीको इजलासमा परेको पेसी निवेदकका वकिलका तर्फबाट स्थगित गरिएको हो। उनको आज ४ नम्बरमा पेसीको सूची रहेको थियो।यसअघि दुई पटक पेसीका लागि तय भए पनि सन्दीपको सुनुवाइ हुन...
हेटौँडा । बागमती प्रदेशमा सरकार गठनको लागि प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले यही पुस २५ गते सोमबार अपराह्न ४ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा...
काठमाडौँ । प्रि-ओपन सेसनमा बिहीबार नेप्से सूचक ९.०३ अंकले उकालो लागेको छ । यससँगै सूचक २१३४.८७ विन्दुमा आएको छ । ५४ कम्पनीको कुल १३ हजार ६२६ कित्ता सेयर खरिदबिक्री भएको र ५१ लाख ७ हजार ७५९ रुपैयाँको सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ४४ कम्पनीमा उकलो लागेको छ भने ६ कम्पनी घटेको छ । साथै ४ कम्पनी स्थिर...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन् । प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेका हुन् ।भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको र उनको शव नेपाल ल्याइ परिवारलाई सरकारको तर्फबाट सहयोग...
सुर्खेत । कर्णाली प्रदेश प्रमुखको कार्यालयले ७ दिनभित्र सरकार गठन गर्न आह्वान गरेको छ । प्रदेश प्रमुख तिलक परियारले यही पुस २७ गते सोमबार अपराह्न ५ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनै पनि दलले बहुमत नपाएका कारण धारा १६८...
काठमाडौं । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका थिए । सोही दिन उनले आफ्नो नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीले तस्करीको सामान ओसारपसार र हप्ता असुलीमा संलग्न भएको आरोपमा दुई जना प्रहरीको जिम्मेवारी खोसेको छ । हप्ता असुलीको आरोप लागेका जिल्ला प्रहरी कार्यालयका सादा पोशाकका प्रहरी प्रमुख रहेका प्रहरी नायब निरीक्षक (सइ) सुशील चन्द र सहायक हवलदार नन्दराज भट्टको जिम्मेवारी खोसेर उनीहरुमाथि अनुसन्धान सुरु गरिएको हो ।कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र पालले...
वीरगञ्ज । नेपाल प्रहरीले अवैध रूपमा भारतबाट ल्याइएको ९ सय ५ बोरा भारतीय ब्रान्डका चामल नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज -११ रानीघाटमा रहेको तीन वटा चामल उधोगमा छापा मार्ने क्रममा फेला पारेको भारतबाट तस्कर गरी ल्याइएको सो चामल बरामद गरेको हो।विभिन्न किसिमका भारतीय ब्रान्डका चामलहरू भन्सार छली वीरगञ्जमा भण्डारण गरी राखेको प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले रानीघाटमा...








