२५ माघमा राष्ट्रियसभाको उपनिर्वाचन

56

काठमाडौँ । राष्ट्रियसभाको उपनिर्वाचन २५ माघमा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।