Tuesday, May 19, 2026
Home Blog Page 536
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यलयले ६ महिना अघि लिएको स्नातक तहको परीक्षा सबै आएपछि मात्रै नेविसंघले स्ववियु चुनावमा भाग लिने जनाएको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले ६ महिना अघि पनिकाले सञ्चालन गरेको स्नातक तहको नतिजा सार्वजनिक गरेपछि मात्रै स्ववियु निर्वाचनमा भाग लिने बताए ।उनले अनलाइनखबरसँग भने, ‘६ भन्दा अघि लिइएका स्नातक तहको सबै परीक्षा नतिजा...
वीरगञ्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा एक महिला आगो ताप्ने क्रममा जलेर घाइते भएकी छन्। सुवर्ण गाउँपालिका–३ जमुनिया टोल घर भइ जितपुरसिमरा उपमहानगरपालिका–१८ उच्चीडिह टोल बस्ने ६० वर्षीया किमैनादेवी यादव जलेर घाइते भएकी हुन्।आफ्नै घरको बरण्डामा आगो ताप्ने क्रममा यादवले लगाएको कपडामा आगो सल्किँदा उनको शरीरको विभिन्न भाग जलेको छ। घाइते भएकी यादवलाई थप उपचारको लागि काठमाडौँको कीर्तिपुर अस्पतालमा...
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचकमा १८.०९ अंकले वृद्धि भई २१४३.९३ विन्दुमा आएर रोकिएको छ । बिहीबार ०.८५ प्रतिशतले सेयर बजार बढेको हो । बुधबार नेप्से परिसूचकमा ६४.८७ अंकले उकालो लागेको थियो भने ३ अर्ब बढिको सेयर कारोबार भएको थियो ।बिहीबार २५९ कम्पनीको कारोबार हुँदा एक करोड २५...
काठमाडौं । गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेका छन् । प्रदेशमा सरकार बनाउनका लागि दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सकने प्रदेश सभा सदस्यले पुस २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्नु पर्ने छ । गण्डकी प्रदेशमा कुनै पनि दलको बहुमत नआएकाले दुई...
काठमाडौं । एकीकृत समाजवादीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ ।१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने...
एजेन्सी । संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवम् राष्ट्रसङ्घीय विकास कार्यक्रम ९युएनडिपी० का एसिया–प्रशान्त क्षेत्रीय निर्देशक कान्नी विग्नाराजाले चरम आर्थिक सङ्कटबाट गुज्रिएको दक्षिण एसियाली टापु राष्ट्र श्रीलङ्कालाई आर्थिक एवम् प्राविधिक सहयोग गरिने बताउनुभएको छ । राष्ट्रपति रनिल विक्रमासिङ्घे र उहाँको नेतृत्वको प्रतिनिधिमण्डलसँग भएको भेटमा सहायक महासचिव विगनराजले आर्थिक एवम् प्राविधिक सहयोगको आश्वासन दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रसङ्घका अधिकारीले...
-मोहम्मद काजिम बीबीसी । पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो ६०औँ सन्तान जन्मेको दाबी गरेका छन्। बीबीसीसँग कुरा गर्दै उनले आफ्ना पाँच सन्तानको मृत्यु भएको अर्थात् उनकै भाषामा उनीहरू “अल्लाहको प्रिय भएकाू र ५५ जना जीवित र स्वस्थ रहेको बताए।यति धेरै सन्तान जन्माइसकेका उनले अझै पनि आफू बच्चा जन्माउन नछाड्ने बताए।उनका भनाइमा “अल्लाहको इच्छा भयो भने”...
काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेका छन् । पूर्वराजा शाहसँग आफ्नो १५ वर्षपछि भेट भएको उनले खुलाएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मिश्रले पूर्वराजासँगको तस्बिर पनि सेयर गरेका छन् । उनले पूर्वराजासँग आफ्नो डेढ घन्टा लामो कुराकानी भएको जानकारी दिए ।उनले पूर्वराजासँग सौहार्द्रपूर्ण कुराकानी र छलफल भएको जनाउँदै बढ्दो भूराजनीतिक र आन्तरिक संवेदनशीलताबीच...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन निर्देशन दिएका छन्।अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोही बमोजिम मूल्य समायोजन गरी मूल्य कटौती गर्न प्रधानमन्त्रीले निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई निर्देशन दिँदै प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल र डिजेल तथा हवाई इन्धनको...
काठमाडौँ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार अर्थ सचिवमा तोयम रायलाई ल्याइएको छ भने राजस्व सचिवमा रामप्रसाद घिमिरे आएका छन् ।राय यसअघि उद्योग, वाणिज्य तथा आपूर्ति सचिव थिए भने घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । थप निर्णयहरू आउन बाँकी छ ।