Saturday, October 3, 2026
Home राजनीति सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले पाउने

सुदूरपश्चिमको मुख्यमन्त्री माओवादीले पाउने

67

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउने वातावरण बनाउने आश्वासन दिएका छन् । बिहीबार सुदूरपश्चिमका माओवादी केन्द्रका नेताहरूसँगको भेटमा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले प्रदेशको नेतृत्व लिन शीर्ष तहमा सहमति जुटाउने आश्वासन दिएका हुन् ।

माओवादी केन्द्रका प्रदेश अध्यक्ष हरिप्रसाद चौधरीले सुदूरपश्चिमको नेतृत्व माओवादीले लिने सहमति भएको बताए । प्रधानमन्त्रीलाई भेट्न माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलका नेता तथा प्रदेश इन्चार्ज खगराज भट्ट, प्रदेशसभा सदस्य ओमविक्रम भाट लगायतका नेताहरू सिंहदरबार पुगेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकारमा माओवादी केन्द्रको दाबी रहेको छ । एमाले माओवादीलाई नेतृत्व दिन लचक भएका बेला गठबन्धनकै अर्को घटक नागरिक उन्मुक्ति पार्टीले समेत दाबी गरेको छ । नागरिक उन्मुक्ति पार्टीले प्रदेशसभाको ठूलो दल नेपाली काँग्रेससँग पनि छलफल गरिरहेको स्रोतको भनाइ छ । तर माओवादी जसरी पनि नेतृत्व पाउनुपर्ने अडानमा छ ।