९ सय ५ बोरा चामल बरामद

88

वीरगञ्ज । नेपाल प्रहरीले अवैध रूपमा भारतबाट ल्याइएको ९ सय ५ बोरा भारतीय ब्रान्डका चामल नियन्त्रणमा लिएको छ। प्रहरीले वीरगञ्ज -११ रानीघाटमा रहेको तीन वटा चामल उधोगमा छापा मार्ने क्रममा फेला पारेको भारतबाट तस्कर गरी ल्याइएको सो चामल बरामद गरेको हो।

विभिन्न किसिमका भारतीय ब्रान्डका चामलहरू भन्सार छली वीरगञ्जमा भण्डारण गरी राखेको प्राप्त सूचना अनुसार जिल्ला प्रहरी कार्यालय पर्साले रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको कृष्णा साह, सुनिल साह र देवनारायण साहको गोदामहरूमा छापा मारेको थियो।

सो क्रम ती गोदाम हरूबाट २०/२४/२६ के.जी.का भारतीय ब्रान्डका चामलका ९ सर ५ बोराहरू नियन्त्रणमा लिइएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए। नियन्त्रणमा लिइएको चामलको बजार मुल्य रु.१३ लाख ६० हजार ८ सय कायम गरी आवश्यक कारबाहीको वीरगञ्ज भन्सार कार्यालयमा पठाइएको गिरीले बताए।