Home Blog Page 498
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो ।राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, गठबन्धनको अन्य पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
धनगढी । कञ्चनपुरमा १४ वर्षीया बालिकाले शिशु जन्माएकी छन् । बेलौरी नगरपालिका–८ को कलकत्तामा ३ माघमा बालिकाले शिशु(छोरा) जन्माएको घटना सार्वजनिक भएको छ । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले बालिकाले शिशुलाई जन्म दिएको कुरा ढिलोगरी मात्र बाहिर आएको बताए ।‘बालिकाको गर्भमा शिशु महिनाको हुँदा नै परिवारले थाहा पाइसकेको रहेछ तर शिशु जन्मिएपछि पनि आमाबुवाले घटना लुकाउन छोरीलाई दैनिक जसो...
काठमाडौं । प्रि-ओपन सेसनमा मंगलबार सामान्य सुधार देखिएको छ । यो सेसनमा नेप्से सूचक ०.९५ अंकले वृद्धि भई २१६६.०५ विन्दुमा आएको  छ ।यससँगै १२ कम्पनीको २५ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ लाख ६४ हजार २५२ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने ४ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसूचकहरुमध्ये ३ कम्पनीमा सामान्य वृद्धि...
बारा । जिल्ला प्रहरी कार्यालय बाराले विभिन्न आरोपमा दोषी ठहर भई फरार रहेका ३३२ जना फरार प्रतिवादीलाई  एकैदिन पक्राउ गरी अदालतमा पेस गरेको छ । जिल्ला अदालतबाट फैसला कार्यान्वयनका क्रममा फरार सूचीमा रहेका उनीहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत सोमबार मात्रै विभिन्न मुद्दाका ३३२ जना फरार पक्राउ गरिएको प्रहरीले जनाएको हो ।प्रतिवादीहरूलाई जिल्लाका विभिन्न ठाउँबाट...
मुगु । मुगुलगायत कर्णालीका जिल्लाहरूमा वर्षासँगै हिमपात भएको छ । अन्य जिल्लाभन्दा मुगुमा माघ महिनाको पहिलो सातामै सोमबार रातिदेखि लगातार हिमपात भएसँगै जनजीवन प्रभावित भएको छ  ।लगातारको हिमपातले मुगुको पूर्वी भेगका वडा , खत्याड गाउँपालिकाको खमाले,सेरी, कवा,चाकपाडे,लमेरा,कोटिल्लालगायत,सोरु गाउँपालिकाको, सोरुकोट,धैना,कालै,रुम र छायाँनाथ रारा नगरपालिकाको रारा, ताल्चा विमानस्थल, वाम शोभा, लिउडी मुन्दु, कोटिल्ला झ्यारी, रोवा लगायत क्षेत्रको जनजीवन कष्टकर बनेको हो...
काठमाडौँ । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् । आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए । डिएसपी पाठकका अनुसार युवक अन्दाजी २५ र युवती...
काठमाडौँ । ३३ जना शाखा अधिकृतहरूलाई उपसचिव बढुवाका लागि सिफारिस गरिएको छ ।बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले राजपत्राङ्कित तृतीय श्रेणी(शाखा अधिकृत)बाट राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)मा बढुवाका लागि ती अधिकृतहरूको नाम सिफारिस गरेको हो ।कार्यक्षमता मूल्यांकनद्वारा हुने बढुवाका लागि सिफारिस अधिकृतहरूमध्ये २८ जना सामान्य प्रशासन समूह र ५ जना लेखा समूहका रहेका छन् ।हेर्नुस् सूची
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भेटेका छन् । मुख्यमन्त्री अधिकारीले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रचण्डलाई भेटेका हुन् ।प्रदेशमा मन्त्रालयको संख्या घटाएर भागबन्डा मिलाएपछि मुख्यमन्त्रीले अधिकारीले प्रधानमन्त्रीलाई भेटेका हुन् ।
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल देशको पश्चिमी भू-भागमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक...
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरूको विकास हुन नसकेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।सदस्यसचिव घिसिङले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताए। मार्चको तेस्रो हप्ता सुरु...