Thursday, October 29, 2026
Home खेलकुद प्रति खेलाडी एक करोड रुपैयाँ राज्यले लगानी गर्ने

प्रति खेलाडी एक करोड रुपैयाँ राज्यले लगानी गर्ने

55

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङले खेल क्षेत्रमा आवश्यक लगानी र व्यवस्थित योजना हुन नसक्दा खेल र खेलाडीहरूको विकास हुन नसकेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित दुई दिने खेलकुद पत्रकारिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सदस्यसचिव घिसिङले खेल र खेलाडीप्रति लगानी नगरी देशलाई मेडल दिलाउने कुरा सोच्न नहुने बताए। मार्चको तेस्रो हप्ता सुरु गर्नेगरी परिषद्ले एसियन गेम्समा सहभागी हुने २३ गेमको ट्रेनिङको तयारी थालेको उनको भनाइ छ।

सदस्यसचिव घिसिङले भने, ‘एसियन गेम्समा रहेका २३ वटा खेलहरूको ट्रेनिङ मार्चको तेस्रो हप्ता सुरु गर्नेगरी हामीले बैठकमा निर्णय गरेका थियौँ। साथै अरू ४ वटा खेलका लागि पनि केही निर्णय गरेका थियौँ। ‍दक्षिण एसियाली खेलकुदको अनुभवले एसियन गेम्समा आफूलाई निकै प्रतिबन्धात्मक रूपमा अघि निम्त्याउनका लागि ठूलो अनुभव आर्जन गर्न सक्नुहुन्छ। मैले के घोषणा गरेको छु भने जनवरीदेखि सेप्टेम्बरसम्म एक खेलाडी बराबर एक करोड रुपैयाँ आवश्यकता परे पनि राज्यले लगानी गर्नेछ। तर खेल र खेलाडीको मेहनत त्यसमा लगाव हुनुपर्छ। त्यसकै आधारमा लगानी गर्ने भनेका छौँ। हामी खेल क्षेत्रको विकास किन भएन भन्दै गर्दा व्यवस्थित योजना बनाएर र लगानी गर्न कन्जुस्याइँ गरेर पनि हो।’