चिया बगानमा युवक-युवती मृत फेला

171

काठमाडौँ । झापामा एक जना युवक र एक जना युवती मृत फेला परेका छन् । आज बिहान कचनकवल गाउँपालिका-४ केचनामा उनीहरू मृत भेटिएको प्रहरीले जनाएको छ । एभरेष्ट चिया बगानमा उनीहरू मृत भेटिएका हुन् ।

दुवै जना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी वसन्त पाठकले बताए । डिएसपी पाठकका अनुसार युवक अन्दाजी २५ र युवती १८ वर्षकी छन् । अहिले घटना स्थलमा प्रहरी टोली पुगेको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रवक्ता पाठकले बताए।