Saturday, May 9, 2026
Home Blog Page 443
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) प्रदेश १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम सामान्यतया...
काठमाडौँ । सरकारले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ फिर्ता लिएको छ । फागुन ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।शुक्रवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारी प्रवक्ता रेखा शर्माले संसदमा पेस भएको संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यक्षेत्र कार्यविधि सम्बन्धी...
काठमाडौँ । सरकारले देशका विभिन्न थप ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा ८ स्थानमा औद्योगिक ग्राम घोषणा गर्ने निर्णय गरेको हो ।यसरी औद्योगिक ग्राम घोषणा गरिने ठाउँहरूमा लिखु गाउँपालिका ४, काभ्रेपलान्चोकको मण्डनदेउपुर ६ र बेथानचोक २, म्याग्दीको रघुगंगा २, जुम्लाको तातोपानी गाउँपालिका २, पाल्पाको रिब्दिकोट ३,...
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नेपाल प्रहरीलाई ‘नेपाल प्रहरी-ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । ग्लोबल आइएमई र नेपाल प्रहरी कल्याण कोषबीच ‘नेपाल प्रहरी-ग्लोबल आइएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन एवम् व्यवस्थापनमा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपश्चात् उक्त सहयोग रकम हस्तान्तरण गरिएको...
खोटाङ । खोटाङमा डढेलोले घर जल्दा विस्थापित भएका पीडित परिवारलाई राहत प्रदान गरिएको छ । फागुन ३ गते सामुदायिक वनमा लागेको डढेलोको झिल्कोबाट घरमा आगलागी भएपछि विस्थापित भएका हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुमाखुका बक्तबहादुर बस्नेतको परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले राहत प्रदान गरेको हो ।अग्नि पीडित परिवारलाई राहत स्वरुप नगद १० हजार प्रदान गरिएको खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषका कोषाध्यक्ष युगसन किरातले बताए ।...
काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी विवादास्पद विधेयक सरकारले फिर्ता लिएको छ । मन्त्रिपरिषद्को निर्णय अनुसार प्रधानमन्त्रीको कार्यालयले शुक्रबार विधेयक फिर्ता लगेको संसद सचिवालय स्रोतले जनाएको छ ।तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्नुअघि अध्यक्षसहित तत्काल बहाल रहेको कम्तिमा ५० प्रतिशत सदस्य उपस्थित भए बैठक बस्न सक्ने गरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएका थिए । त्यही अध्यादेशअनुसार ६ सदस्यीय संवैधानिक परिषद्का...
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार दिउँसो ओली निवास बालकोट पुगेका हुन् । दुई नेताबीच अहिले भेटवार्ता भइरहेको छ ।दुई नेताका बीचमा फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भइरहेको बुझिएको छ । सत्ता साझेदार दल...
काठमाडौँ । कैलाली कारागारमा रहेका कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी रिहा हुने तयारीमा छन्।चौधरीले आगजनी घटनामा तोकिएको ८ लाख जरिवाना समेत बुझाइसकेका छन् । उनको कैद सजाय मिनाहा गरेर फागुन ७ गते प्रजातन्त्र दिवसको दिन रिहा गर्न लागिएको बुझिएको छ। सजाय माफीका लागि प्रक्रिया समेत अघि बढाइएको छ। उनको माफीको लागि फाइल राष्ट्रपति कार्यालयमा पठाइएको...
काठमाडौँ । बैंकहरूले मन लाग्दीरुपमा ब्याज वृद्धि गरेको भन्दै धनगढीका व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् । बैंकको चर्को ब्याजदरविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका व्यवसायीहरू धनगढीमा विरोध प्रदर्शनसँगै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना समेत दिएका हुन् । शुक्रबार सुदूरपश्चिम मोबाइल व्यवसायी सङ्घले विरोध कार्यक्रम आयोजना गरेको हो ।कैलाली उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष पुष्कर ओझाले ८ प्रतिशतमा लिएको ऋणको ब्याज वर्षदिन नपुग्दै आफू...
काठमाडौँ । सरकारले पृथ्वी जयन्ती र जनयुद्ध दिवसको सार्वजनिक बिदा क्यालेण्डरमा नै समावेश गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै शुक्रबार सरकारकी प्रवक्ता एव सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले २०८० सालका लागि यसअघि भएका बिदामा पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप्ने निर्णय भएको जानकारी दिइन् ।क्यालेण्डरमा उल्लेख नभए पनि गएको पुस...