काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन कार्यतालिका सार्वजनिक गरेसँगै विद्यार्थी भर्ना प्रक्रिया रोकिएको छ। चैत ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनका लागि फागुन १९ गतेदेखिको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै स्नातक तह प्रथम वर्षको भर्ना कार्यक्रम रोकिएको हो। निर्वाचन सम्पन्न भइसकेपछि रोकिएको भर्ना कार्यक्रम पुनः सुचारु हुने त्रिविले जनाएको छ।त्रिविले अहिले स्नातक प्रथम वर्षको भर्ना...
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले कार्यकारिणी समितिको बैठक बोलाएको छ । फागुन १० गते बबरमहलस्थित पार्टी कार्यालयमा बस्ने कार्यकारिणी समितिको बैठकमा केन्द्रीय समिति गठन, राष्ट्रपति चुनावलगायतका विषयमा छलफल हुने बताइएको छ ।लोसपा गठन भएको डेढ वर्षभन्दा बढी भइसक्दा पनि हालसम्म केन्द्रीय समिति गठन भएको छैन । अहिले केन्द्रीय समिति निर्माण गर्ने गृहकार्य सुरु भएको छ । त्यसलाई कार्यकारिणी समितिको...
काठमाडौँ । नेपाल-भारत सीमा क्षेत्र नजिक विराटनगर-१५ स्थित रानी बसपार्कबाट गाँजासहित २ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।बिहीबार राति ८ बजेतिर रानी बसपार्क हुँदै भारत जान लागेका २ जना भारतीय नागरिकको साथमा रहेको ३ केजी लागुऔषध गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ थापाले जानकारी दिए। उनका अनुसार विहार अररियाको महेश्वरीका २३ वर्षीय...
काठमाडौँ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशङ्कामा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी सञ्जय सिंह थापाले सट्टेबाजीमा संलग्न भएको आशङ्कामा एकजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।त्रिवि मैदानमा खटिएका प्रहरीहरूले नै एक व्यक्तिलाई पक्राउ गरेको थापाको भनाइ छ । प्रहरीले पक्राउ परेका...
काठमाडौँ । नेपाली चलचित्र ‘फूलबारी’ प्रदर्शन गरिएको छ । अवकाशप्राप्त शिक्षकको जीवनी देखाइएको सो चलचित्रमा विपिन कार्की, अरुणा कार्की, प्रियङ्का कार्की, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल, गौमाया गुरुङ, साक्षी सिंह भण्डारीसहित विशेष भूमिकामा अभिनेता दयाहाङ राई देखिएका छन् ।सञ्चयकोषमार्फत पाउने रकम विद्यालयमै आफ्नी आमाको नामबाट कोष खडा गरेर अवकाशप्राप्त जीवन आफ्नो श्रीमती र सन्तानसँग बिताउने चाहना राखेको अभिभावकको...
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय रुपैयाँमा झरेको हो ।अघिल्लो दिन छापावाला सुनको प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य समेत...
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीमा तीन वर्षमा एक सय ३० नवजात शिशुको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि आव २०७८/७९ सम्म ती शिशुको मृत्यु भएको हो ।यहाँ हरेक वर्ष नवजात शिशु मृत्युदर बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । आव २०७६/७७ मा ३१, आव २०७७/७८ मा ४८ नवजात शिशुको...
काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले राहदानी वितरण कार्य सहज बनाएको छ । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलको अगुवाइमा राहदानी वितरणमा देखिएका समस्या समाधानका लागि अभियान थालिएको छ ।राहदानी वितरण सहज गराउने कार्यको सुरुआत भएको उनले बताए । जिल्लामा कार्य सम्पादन सुरु गरेलगत्तै राहदानी लिन आउने सेवाग्राहीका लागि टोकन प्रणाली सुरु गरेको उनी बताउँछन् । सेवाग्राहीको फारम कार्यालयले नै...
कास्की । पोखरामा शनिबार आयोजना गरिएको १७औँ संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा विभिन्न १६ देशका धावकले प्रतिस्पर्धा गर्ने भएका छन् ।नेपालसहित केन्या, इथियोपिया, सर्विया, इजिप्ट, अमेरिका, स्वीजरल्याण्ड, अष्ट्रेलिया, रसिया, फिलिपिन्स, हङकङ, फ्रान्स, बेलायत, पोल्याण्डलगायतका देशबाट धावकले नाम दर्ता गराएको म्याराथन आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ । म्याराथनमा सातवटै प्रदेशबाट ३७ जिल्लाका धावकले सहभागिता जनाउने छन् । पोखरा...
काठमाडौँ । नेपाली सेनाको स्थापना दिवस समारोहमा भाग लिन भारतीय सेनाका चार पूर्व प्रमुख काठमाडौँ आइपुगेका छन् ।काठमाडौँ आनेमा विश्वनाथ शर्मा, जोगिन्दर जसवन्त सिंह, दीपक कपुर र दलवीरसिंह सुहाग छन् । नेपाली सेनाले भारतीय वर्तमान सेना प्रमुखसहित १२ जनालाई समारोहमा भाग लिन निम्ता पठाएको थियो । त्यसमध्ये पूर्वप्रमुख मनोजमुकुन्द नरवाने भने शनिबार आउने बताइएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा...










