Saturday, May 9, 2026
Home Blog Page 442
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई मध्यनजर गरी सामुदायिक विद्यालयमा निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेको छ । नगरपालिका क्षेत्रमा रहेका माध्यमिक तहमा पढाइ हुने १३ सामुदायिक विद्यालयमा उक्त कक्षा सञ्चालन गरिएको हो ।कमजोर विद्यार्थीका लागि अङ्ग्रेजी, गणित र विज्ञान विषयको अतिरिक्त कक्षा सञ्चालन भइरहेको नगरपालिकाको शिक्षा शाखाका नायबसुव्बा दीपेन्द्र जोशीले बताए । उनका अनुसार न्यूनतम ३५ दिन...
काठमाडौँ । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरी ७३ औँ प्रजातन्त्र दिवस मनाइएको छ । २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिन प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कायम मुकायम...
काठमाडाैं । निर्वाचन आयोगले राष्ट्रपति चुनावका लागि निर्वाचन अधिकृत र मतदान स्थल तय गरेको छ । आयोगले भोलिदेखि लागू हुने गरी निर्वाचन अधिकृत नियुक्त गरेको हो ।राष्ट्रपतिको चुनावका लागि महेश शर्मा पौडेललाई निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए । निर्वाचन अधिकृत पौडेल पाटन उच्च अदालतका न्यायाधीश हुन् । राष्ट्रपतिको निर्वाचन तालिका अनुसार निर्वाचन अधिकृतको...
काठमाडौं । जहाँनीया राणा शासनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाइँदैछ। सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अध्यक्षतामा मुल समारोह मनाउँदै आएको छ।गत २४ माघमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो। जसले ७ फागुनको प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो । प्रजातन्त्र दिवसको...
काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कायम भएको छ ।शुक्रबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी...
काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् ।नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले आममाफी दिएकी थिइन् ।१३ वर्ष पुरानो आगजनी मुद्दामा दोषी ठहर भएका चौधरी सांसद निर्वाचित भएपछि गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । उनलाई कैलालीको जिल्ला कारागारमा राखिएको थियो...
काठमाडौँ । नेपाल र भारतका ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी) को बैठक सकिएको छ । भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्त्वपूर्ण सहमति जनाएको छ ।हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीकरणलगायतको विषयमा छलफल गर्न आज आफ्नो कार्यकारिणी समितिको बैठक बोलाएको छ ।यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि राष्ट्रपति र उपराष्ट्रपति चुनावमा पार्टीको भूमिकाबारे छलफल गर्न उक्त बैठक आज आह्वान गरिएको जसपाका...
पोखरा । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले सबै राजनीतिक दलहरूले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउने बताएका छन् । राष्ट्रिय अस्मितामाथि खतरा हुनसक्ने, अराजकता र अस्थिरता निम्तिने र त्यसले गर्दा संविधान र राष्ट्रियतामाथि जोखिम पर्ने भएकोले राष्ट्रिय सहमतिमै राष्ट्रपति चयन गर्नु पर्ने बताए ।आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘अहिले शक्ति केन्द्र खेलिरहेको अवस्था छ ।...
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणका अभियानमा जुट्न सबैलाई आग्रह गरेका छन्।७३ औँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिगत र दलगत स्वार्थ त्यागी राष्ट्र निर्माणको अभियानमा सहमति कायम गर्दै अगाडि बढ्न सकिएमा मात्र सहिदप्रति सच्चा सम्मान र मुलुकले समृद्धितर्फ पाइला चाल्न सक्ने बताए।उनले सन्देशमा विकास र समृद्धिका लागि...