प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

52

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शुक्रबार दिउँसो ओली निवास बालकोट पुगेका हुन् । दुई नेताबीच अहिले भेटवार्ता भइरहेको छ ।

दुई नेताका बीचमा फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका विषयमा कुराकानी भइरहेको बुझिएको छ । सत्ता साझेदार दल माओवादी केन्द्र र एमालेबीच राष्ट्रपतिको उम्मेदवारबारे एकमत हुन सकेको छैन । प्रधानमन्त्री समेत रहेका प्रचण्ड सकभर राष्ट्रपतिमा राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने पक्षमा छन् भने अध्यक्ष ओली एमालेले उठाउने उम्मेदवारबाहेकमा राष्ट्रिय सहमति असम्भव हुने बताउँदै आएका छन् ।  एमालेले प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिका नाममा पुस १० को सहमति बिर्सेर काँग्रेसलाई राष्ट्रपति दिन लागेको भन्दै सशङ्कित बनेको छ ।