Thursday, May 7, 2026
Home Blog Page 406
काठमाडौँ । इजिप्टस्थित नेपाली राजदूतावासको आयोजनामा राजधानी कायरोमा शनिबार ‘नेपाली वसन्त उत्सव, २०२३’ मनाइएको छ । नेपाली बालबालिकाको स्वागत नृत्य प्रस्तुतिबाट सुरु भएको उक्त कार्यक्रममा इजिप्टका प्रथम सगरमाथा आरोही ओमार साम्राले नेपाली कला, संस्कृति र परम्पराको विविधता तथा सम्पन्नताको वर्णन गर्दै आफूले सगरमाथा आरोहण गर्दाको अनुभवबारे प्रवचन दिएका थिए।अर्का सगरमाथा आरोही शरीफ ओबाल्डले साहसिक खेलका लागि नेपालका अद्वितीय स्थानको...
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज नहुने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ ।पार्टीका नेता एवं सांसद प्रदीप यादवले आयोगले संविधानसम्मत निर्णय गरेको भन्दै निर्णय स्वागतयोग्य भएको बताए ।जसपाले उपराष्ट्रपतिका लागि दिइएको प्रमीला यादवको उम्मेदवारी फिर्ता गरिनेसमेत जानकारी दिए । “निर्वाचन आयोगले संविधानसम्मत निर्णय गरेको छ र यो स्वागतयोग्य छ,” उनले भने,...
काठमाडौँ । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था...
काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारी विरुद्ध जाँचबुझपछि उम्मेदवारी कायम भएको जानकारी दिए । राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायको उम्मेदवारी विरुद्ध उमेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए ।शाक्य एमाले र झा जनमतका उम्मेदवार हुन् ।  राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित...
काठमाडौँ । केन्द्रीय सर्भरमा समस्या आएपछि स्वास्थ्य बिमामार्फतको सेवा अवरुद्ध भएको छ। स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बिहानैबाट सर्भरमा समस्या आएपछि सेवा रोकिएको बताए।उनका अनुसार अहिले सर्भर बनाउने कार्य भइरहेकाले केही समयमै सेवा सुचारु हुनेसमेत बताए। ‘केन्द्रीय सर्भरमा समस्या आएपछि बिहानदेखि सेवा अवरुद्ध भएको छ हामीले बनाइ रहेका छौँ,केही समयमै सेवा सुचारु हुन्छ होला’, प्रवक्ता ज्ञवालीले भने।सर्भरमा समस्या...
काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका-४ कुहिभिरमा ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा २९ जना घाइते भएका छन्। मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।बा.२ख. ६५९६ नम्बरको बस तीव्र गतिका कारण भिरमा ठोक्किएर दुर्घटनामा परेको थियो । बसको अगाडिको भागमा बस्ने यात्रीको मृत्यु भएको छ। घाइतेको उद्धार गरी प्राथमिक उपचारका...
काठमाडौँ । नेपालले आइसिसी विश्वकप लिग-२ अन्तर्गतको घरेलु सिरिजको दोस्रो खेलमा युएईविरुद्ध पहिलो ब्याटिङ गर्दै १ सय रन पूरा गरेको छ।२७.२ ओभरमा नेपालले ४ विकेट गुमाएर १ सय रन पुरा गरेको हो। पछिल्लो विकेटका रूपमा भीम सार्की रोहन मुस्ताफाका बलमा आउट भए। उनले २९ रनको इनिङ खेले।आइतबार टियू मैदान कीर्तिपुरमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपाल लगातार विकेट गुमाउन...
कठमाडौँ । द्वन्द्वपीडित एवम् अधिकारकर्मीहरूले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा सरकारले हतारमा दर्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । इन्सेकले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘सङ्क्रमणकालीन न्यायः चुनौती र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका हुन् ।द्वन्द्वपीडितको मागलाई सम्बोधन गर्ने गरी सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न उनीहरुले माग गरेका छन् । राष्ट्रिय मानव अधिकार...
काठमाडौँ । सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले आफूविरुद्ध परेको उजुरीमा जवाफ दिएका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित जवाफ दिएका हुन्।यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका थिए। निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने...
काठमाडौँ । आगामी चैत ३ मा हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ । शनिबार भएको उम्मेदवारको मनोनयन पत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयन पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १२ बजेदेखि १ बजेसम्म नामावली प्रकाशन गर्ने जनाएको छ । साथै...