Sunday, September 27, 2026
Home समाचार सर्भरमा समस्या, देशभरका स्वास्थ्य बिमाको सेवा अवरुद्ध

सर्भरमा समस्या, देशभरका स्वास्थ्य बिमाको सेवा अवरुद्ध

43

काठमाडौँ । केन्द्रीय सर्भरमा समस्या आएपछि स्वास्थ्य बिमामार्फतको सेवा अवरुद्ध भएको छ। स्वास्थ्य बिमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले बिहानैबाट सर्भरमा समस्या आएपछि सेवा रोकिएको बताए।

उनका अनुसार अहिले सर्भर बनाउने कार्य भइरहेकाले केही समयमै सेवा सुचारु हुनेसमेत बताए। ‘केन्द्रीय सर्भरमा समस्या आएपछि बिहानदेखि सेवा अवरुद्ध भएको छ हामीले बनाइ रहेका छौँ,केही समयमै सेवा सुचारु हुन्छ होला’, प्रवक्ता ज्ञवालीले भने।

सर्भरमा समस्या आएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आज बिहानै सूचना टाँस गरी अस्पतालबाट बिमामा दिइने सेवा स्थगित रहेको जानकारी गराएको छ । ‘गभरमेन्ट इन्टिग्रेट डाटा सेन्टर (जीआईडीसी) जो केन्द्रीय सर्भर हो यो सिंहदरवारमा रहेको छ।