प्रमीलाको उम्मेदवारी फिर्ता गर्छौ: जसपा

46

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज नहुने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ ।पार्टीका नेता एवं सांसद प्रदीप यादवले आयोगले संविधानसम्मत निर्णय गरेको भन्दै निर्णय स्वागतयोग्य भएको बताए ।

जसपाले उपराष्ट्रपतिका लागि दिइएको प्रमीला यादवको उम्मेदवारी फिर्ता गरिनेसमेत जानकारी दिए । “निर्वाचन आयोगले संविधानसम्मत निर्णय गरेको छ र यो स्वागतयोग्य छ,” उनले भने, “अर्को उम्मेदवारी फिर्ताबारे निर्णय गर्छौँ ।”यादवको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।