Thursday, May 7, 2026
Home Blog Page 407
मुस्ताङ । नेपाल शिक्षक सङ्घ मुस्ताङको नवौँ जिल्ला अधिवेशनले गोविन्दप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।समितिको उपाध्यक्षमा खिमबहादुर गुरुङ, महिला उपाध्यक्षमा नभिना तुलाचन, सचिवमा विष्णु थकाली, सचिव (अर्थ)मा रामचन्द्र पराजुली, सहसचिवमा मनदेवी गौचन, देवराज पाण्डे, तुलप्रसाद गौचन, नीरज गौचन रहेका छन् । समितिका सदस्यहरूमा नवराज पौडेल, दीपक तुलाचन, भुविन्द्र गौचन, मानबहादुर चौधरी र रामचन्द्र उपाध्याय रहेका...
जनकपुरधाम । रक्सी खाएर सडकमा हङ्गामा मच्चाउने प्रहरी जवान सञ्जीवकुमार रायलाई निलम्बन गरिएको छ । शुक्रवार दिउसो रक्सी खाएर सवारी चेकजाँचमा उत्रेपछि स्थानीयबाट उनको विरोध भएको थियो ।जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान रायले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस अगाडी सवारी चेकजाँचको क्रममा विवाद गर्दै अर्धनग्न भई सडकमा ताण्डव मच्चाई रहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।उक्त...
काठमाडौँ । ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना भएको छ । बस सिन्धुलीको खाङ्साङमा दुर्घटना भएको हो । दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।सिन्धुलीको फिक्कल गाउँ पालिका ४ कुइभीरमा बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। उक्त बसमा २० जना यात्रु रहेको प्रहरीले अनुमान गरेको छ।प्रहरी घटनास्थलमा जाँदै गरेको र थप विवरण आउन बाँकी रहेको बताइएको छ।
काठमाडौँ । आइसिसी विश्वकप लिग-२ अन्तर्गत युएईविरुद्ध नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमै विकेट गुमाएको छ। नेपाली ओपनर आशिफ शेख शून्यमा आउट भएका छन्। उनलाई युएईका आर्यन लक्राले दोस्रो ओभरको पाँचौँ बलमा बोल्ड गरेका हुन्।आज टिमबाट करण केसी र ज्ञानेन्द्र मल्ल बाहिरिएका छन्। टिममा ललित राजवंशी र...
काठमाडौँ । कोशी प्रदेशको नामाङ्कन विरोधमा चक्काजाम गर्ने १३ बन्दकर्तालाई प्रहरीले झापाबाट पक्राउ गरेको छ । बन्द गराउँदै हिँडेका मध्ये दमकबाट ८, बिर्तामोडबाट ३ र काँकडभिट्टा २ गरेर १३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।कोशी प्रदेश नामाङ्कन विरोध गर्दै पहिचानवादीले कोशी प्रदेशभर गरेको बन्दले जनजीवन प्रभावित भएको छ । प्रदेशसभाले प्रदेशको नाम कोशी राखेपछि आदिवासी...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) देशको पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ ।२०७९ फागुन २८ गते (आइतबार) दिउँसोː देशका पहाडी...
काठमाडाैँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुसार अगाडि बढाउनुपर्ने बताएका छन्। शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालिन माओवादी पार्टीका बीचमा २०६३ साल मंसिर ५ गते भएको विस्तृत शान्ति सम्झौताका अनुसार संक्रमणकालीन न्यायको विषय अगाडि बढ्नुपर्ने बताएका हुन्।उनले विस्तृत शान्ति सम्झौतामा सत्य निरूपण...
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल, (जसपा)ले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ ।बैठक दिउँसो बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने पार्टीका कार्यकारिणी समिति सदय शिवलाल थापाले जानकारी दिए । बैठकमा उपराष्ट्रपति पदको उम्मेदवारीलगायत समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिने छ । जसपाले प्रतिनिधि सभा सदस्य एवम् कार्यकारिणी सदस्य रामसहाय यादवलाई उपराष्ट्रपति बनाउने बिहीबार नै निर्णय गरिसकेको छ । त्यसैगरी सत्ता गठबन्धनमा...