Sunday, September 27, 2026
Home राजनीति आफूविरुद्धको उजुरीमा दिए यादवले जवाफ

आफूविरुद्धको उजुरीमा दिए यादवले जवाफ

63

काठमाडौँ । सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदका उम्मेदवार बनेका रामसहाय प्रसाद यादवले आफूविरुद्ध परेको उजुरीमा जवाफ दिएका छन्। आइतबार निर्वाचन अधिकृतको कार्यालय पुगेर यादवले आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित जवाफ दिएका हुन्।

यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका थिए। निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव र प्रमीला कुमारी यादव तथा जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन्। नेकपा एमालेका तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य उम्मेदवार छिन् । उम्मेदवारलाई आज ५ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिने समय आयोगले दिएको छ।