काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्न चाहेका छन्।राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार दिउँसो वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन्। गत वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको थियो। अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उनको उपचार गरिएको थियो। उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७...
काठमाडौं । अमेरिका नेपाल सहयोगी समाजको सम्पन्न साधारण सभाबाट अध्यक्षमा जानुकी ओझा चयन भएकी छिन् । यो कार्यसमितीको समय २ वर्षको हुनेछ । यसअघि समाजको अध्यक्ष कमल भट्टराई थिए । मनासस स्थित ब्याटलफिल्ड पार्कमा आयोजित शुभकामना आदान प्रदान तथा ज़िम्मेवारी हस्तान्तरण कार्यक्रममा निर्वतमा अध्यक्ष कमल भट्टराई ज्युले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।उनले...
काठमाडौं । काठमाडौंबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्ग पानी परेपछि हिलाम्मे हुन थालेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबाट बाहुनेपाटी, फट्केश्वर हुँदै साँखुबाट जाँदा छोटो दूरीमा नै काठमाडौं पुग्न सकिने छोटो मार्ग हो । सिन्धुपाल्चोक जिल्लाको छाप भञ्ज्याङ्देखि बाहुनेपाटी खण्डको करिब ५ किलोमिटर सडकको काम नहुँदा यो समस्या हुने गरेको छ । मेलम्ची भेगका धेरै जनताले यही बाटो प्रयोग...
काठमाडौं । निश्चल बस्नेतले निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘दिमाग खराब’मा मुख्य कलाकारको लाइनअप पूरा भएको छ । निर्देशक बस्नेतले सोमबार सार्वजनिक गरेको फिल्मको पोस्टरमा खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापा र विजय बरालको नाम उल्लेख छ । फिल्ममा सौगात मल्लको पनि अभिनय रहने चर्चा थियो । तर, अब उनको ‘च्याप्टर क्लोज’ भएको छ । सुसन प्रजापतिको...
काठमाडौं । नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेको छ। मंगबलार कीर्तिपुरस्थित त्रिवि मैदानमा युएईलाई ७ विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। च्याम्पियन बनेसँगै नेपाल एसिया कपमा छनोट भएको छ। आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तान रहेको समूहमा नेपालले पनि खेल्नेछ।युएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।नेपालको जितमा गुल्सन...
काठमाडौं । मल्ल प्रधान प्रतिष्ठान र लायन्स क्लब ईन्टरनेशनल नेपाल द्वारा ओयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ११३ औं श्रमिक दिवसको अवसर आयोजित रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन् । सो अवरसमा नेपाली काँग्रेस महासमिति सदस्य समाजसेवी ईन्दिरा निरौलाले पारेर २२ औं पटक रक्त दान गरेकी छिन् । उनले सम्पूर्ण नेपाली दाजुभाइ दिदिबहिनी लाई १६ वर्षको जन्मोउत्सव...
काठमाडौँ । पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन्।नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा मुछिएका राईलाई सुनाकोठी, ललितपुरबाट पक्राउ गरिएको हो। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा राईलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतका अनुसार उनीसँग सोधपुछ सुरु भएको छ
मलेखु । धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रुपमा खुलेको छ।धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमि भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो।भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिलेको सरकारमा सहभागिता जनाउने कि नजनाउने भन्ने विषय शुक्रबार मात्रै निर्णय लिने भएको छ। सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले सरकारमा जाने वा नजानेबारे आ-आफ्ना धारणा राखेका थिए। महामन्त्री डा. मुकुल ढकालले सरकारमा जाने वा नजानेबारे शुक्रबार पार्टीले निर्णय लिने पत्रकारहरूलाई बताए। साविककै मन्त्रालय पाउने स्थिति बनेमा र...
काठमाडौं । सुडानमा अलपत्र नेपाली नागरिकको सुरक्षित रुपमा उद्धार प्रयास भइरहेको नेपालस्थित परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीहरुबाहेक हालसम्म अन्य ३० जना नेपाली नागरिकहरु नेपाली राजदूतावास कायरोसँग सम्पर्कमा रहेको भन्दै मन्त्रालयले सबै नेपालीहरुलाई नेपाल फिर्ता गर्न सहजीकरण भइरहेको जनाएको हो ।मन्त्रालयका अनुसार सुडानमा रहेका नेपाली नागरिकहरुसँग निरन्तर सम्पर्कमा रहि कायरोस्थित नेपाली राजदूतावासले विवरण...










