साँखु फट्केश्वर सडक खण्डमा वर्षातपछि सकस, तस्विरमा हेरौं

32

काठमाडौं । काठमाडौंबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्ग पानी परेपछि हिलाम्मे हुन थालेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्चीबाट बाहुनेपाटी, फट्केश्वर हुँदै साँखुबाट जाँदा छोटो दूरीमा नै काठमाडौं पुग्न सकिने छोटो मार्ग हो । सिन्धुपाल्चोक जिल्लाको छाप भञ्ज्याङ्देखि बाहुनेपाटी खण्डको करिब ५ किलोमिटर सडकको काम नहुँदा यो समस्या हुने गरेको छ । मेलम्ची भेगका धेरै जनताले यही बाटो प्रयोग गर्दै आएका छन् ।

लामो समयसम्म मर्मत नहुँदा यो सडक जीर्ण भई दुर्घटनाको जोखिम बढेको थियो । सडक स्तरोन्नति क्रममा भएपनि समयमै काम सम्पन्न नहुदाँ यो सडक भएर यात्रा गर्नेले दुःख भोग्दै आएका छन् । ठेकेदारवालासँग पटकपटक सडक मर्मतका लागि आग्रह गर्दासमेत बेवास्ता गरेका कारण यस रुट हुँदै चल्ने सवारीसाधनले दैनिक यस्ता समस्या भोग्नुपरेको जनप्रतिनिधीहरुको भनाई छ ।

तस्विरः शुसिल सुवेदीको फेसबुकबाट