उपचारमा लागेको खर्च आफैं ब्यर्होछुः राष्ट्रपति

34

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा आफ्नो उपचार गर्दा लागेको खर्च आफैं ब्यहोर्न चाहेका छन्।राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले मंगलबार दिउँसो वक्तव्य निकालेर राष्ट्रपतिले उपचार खर्च आफैं ब्यहोर्न चाहेको जानकारी दिएका हुन्। गत वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारतको राजधानी नयाँदिल्ली लगिएको थियो। अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उनको उपचार गरिएको थियो। उपचारपछि राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका छन्।